अपहरित छात्रको उद्दार, अपहरणको नाटक भएको आशंका

८ माघ २०६९, सोमबार १७:२७ मा प्रकाशित

काठमाडौं, ८ माघ । अपहरणमा परेका मोरङ, बुद्धनगर–६ बस्ने स्थानीय स्टार कलेजका एक छात्रलाई प्रहरीले डोरीले हात बाँधेको अवस्थामा फेला पारेको छ । कक्षा ११ मा अध्ययनरत २१ बर्षीय ललन यादवलाई आइतबार साँझ अपरिचित तीन व्यक्तिले मोटरसाइकलमा जवरजस्ती उठाई लगेका थिए । उक्त खबर पाएपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरिरहेको थियो । खोजी गर्ने क्रममा बिराटनगर उपमहानगरपालिका–१७ स्टार कलेजनजिक रोडमा डोरीले हात बाँधेको अवस्थामा यादव फेला परेका थिए । अपहरणकारीको तिब्र खोजी भइरहेको र थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । अपहरण वास्तविक हो या कुनै उद्देश्यले नाटकीय अपहरणको घटना रचिएको हो भन्ने पाटोबाट पनि प्रहरीले अनुसन्धान अघि बढाएको बुझिएको छ ।
यस्तै, एक १२ बर्षीया बालिकालाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा धनगढी हसुलिया–६ बस्ने कमल चौधरी, प्रेम चौधरी र सागर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सोही ठाउँ बस्ने एक १२ बर्षीया बालिकालाई नमुना सामुदायिक बनमा सामुहिक बलात्कार गरेको बताइएको छ । प्रहरीले पीडित बालिकाको सेती अन्चल अस्पताल धनगढी लगेर मेडिकल जाँच गराई आफन्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।