दम्पत्तिका एक हत्यारा पक्राउ

८ माघ २०६९, सोमबार १६:०४ मा प्रकाशित

रासस/ राजविराज, ८ माघ । तीन साताअघि सप्तरीको जण्डौल गाविस–८ का ४० वर्षीय डम्बर भट्टराई र पत्नी ३५ वर्षीया कौशल्याको हत्यामा संलग्न भएकामध्ये एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न रहेका सप्तरीको हरिहरपुर गाविस– ६ बस्ने रामचलितर यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
गत पुस १७ गते बिहान भट्टराई दम्पतिको सात जना मिलेर घाँटी थिचि हत्या गरेको थियो । हत्यामा संलग्न रहेका स्थानीय धीरेन्द्र साह र निजकी पत्नी दुलारीदेवी साहसहित छ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक संजयसिंह बस्नेतले बताए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अवैधरुपमा काठ तस्करीमा संलग्न रहेको र बलात्कारको प्रत्यक्षदर्शी रहेकै कारण भट्टराई दम्पतिको हत्या भएको रहस्य खुलेको छ ।
चुरे जङ्गल क्षेत्रमा बसोवास गर्दै आएका भट्टराई दम्पतिको हत्यापछि त्यस ठाउँमा बसोवास गर्नेहरु विस्थापित भएका छन् । मृतक दम्पतिका १५ वर्षीय छोरा दीपेश, ११ वर्षीया छोरी दीपिका र नौ वर्षीय छोरा दिनेश छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।