बस दुर्घटनामा पाँचको मृत्यु

८ माघ २०६९, सोमबार १६:०० मा प्रकाशित

काठमाडौं, ८ माघ । धादिङको आरुघाटबाट धादिङबेसी हुँदै काठमाडौ आइरहेको यात्रु बस सोमबार बिहान पल्टिँदा ५ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । करिब ५० जना यात्रु बोकेर हिँडेको बस ना २ ख ४९८५ नम्बरको बस धादिङबेसी-आरुघाट सडक खण्डको ज्यामरुङ ९ कमेर नजिक पल्टिएको बताइएको छ ।
मृत्यु हुनेमा सल्यानटार , धादिङका ८ वर्षीय रुपेस श्रेष्ठ , धादिङ बुढाथुमका लक्ष्मण दाहाल, मृत्यु हुनेहरुमा गोर्खा गुम्दाकी कान्छि गुरुङ्ग, गुम्दाकै २६ वर्षीय मनिका गुरुङ्ग रहेका छन् र ठुमी गाविस गोर्खाका ४५ मीठे बराम छन् ।
क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको र बसमा केही यात्रु चेपिएको हुनसक्ने भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल