माओवादी सभासदको नामबाट एसएलसी परिक्षामा सहभागी हुने यूवा पक्राउ

१५ चैत्र २०६८, बुधबार १०:१२ मा प्रकाशित

काठमाडौ, १५ चैत । एकीकृत नेकपा माओवादीका एक सभासदको नामबाट एसएलसी परिक्षा दिईरहेका एक जनालाई आज रौतहटबाट प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको जुडिबेलास्थित जनज्योती उच्च मावी परिक्षा केन्द्रमा मकवानपुर क्षेत्र नम्बर दुईबाट संविधानसभामा प्रत्यक्ष निर्वाचित माओवादी सभासद प्रेमबहादुर पुलामीको नामबाट परिक्षा दिईरहेका साहित्य लामालाई आज प्रहरीले पक्राउ गरेको हो । अघिल्लो वर्ष पनि माओवादीकै महिला सभासदको नामबाट परिक्षा दिने एक यूवतीलाई प्रहरीले पक्राउ गरेको थियो । माओवादी सभासदको नामबाट परिक्षा दिने लामा मकवानपुर नामटार ८ निवासी हुन ।
बुर्जुवा शिक्षा भन्दै औपचारिक शिक्षा नलिएका वा विचमै छाडेर माओवादी नेता कार्यकर्ताहरु पछिल्लो समयमा औपचारिक शिक्षाको प्रमाणपत्र लिने प्रयासमा लागेका छन् । सयौ लडाकुहरुले समेत अहिलेसम्म एसएलसी परिक्षा उर्तिण गरिसकेका छन् । भने माओवादी नेताका श्रीमतीहरु समेत अहिले औपचारिक शिक्षाकालागी विद्यालय भर्ना हुन थालेका छन् ।
पुलामी संविधानसभाको राष्ट्रिय हित संरक्षण समिति र सार्वजनिक लेखा समितिका सदस्य हुन उनी तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको बजेट खोस्नेमा अग्र पक्तिमा थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से