उखुकिसान र चिनीउद्योग सञ्चालक दुबै अन्योलमा

७ माघ २०६९, आईतवार २३:४८ मा प्रकाशित

परासी, ८ माघ । उखुको मुल्य निर्धारण हुन नसक्दा नवलपरासीमा उखुकिसान र चिनीउद्योग सञ्चालक दुबै पक्ष अन्योलमा परेका छन् ।
लामो समयसम्म सरकारले उखुको मुल्य निर्धारण नगरेपछि उद्योग संचालक र किसानहरुमा अन्योलता बढेको हो । तत्काल उखुको उचित मुल्य निर्धारण गर्न किसान, उखु किसानहरुको छातासंगठन उखु उत्पादक कृषक समिति र उद्योग संचालकबिच सरकार पक्षबाट पहल गर्नुपर्ने किसानहरुको माग गरेको छ । नवलपरासीमा उखुको मुल्य निर्धारण नहुँदा किसानहरु र उद्योगसंचालकहरु समेत समस्यामा परेका छन् । जिल्लामा कुल २५ देखी ३० लाख क्वीन्टलसम्म बार्षिक रुपमा उखु उत्पादन हुने गरेको छ । उखुको उचित मुल्य निर्धारण हुन सक्दा किसानहरुको उखु समेत खेतमा सुक्दै गएको छ । सरकारले उखुको मुल्य निर्धारणमा बेवास्ता गरेपछि लामो समयसम्म उखु खेतमा राख्दा उखु खेतमा सुक्दै गएकाले आफुहरु मुल्य निर्धारण नभए पनि चिनीउद्योगहरुलाई उखु दिन बाध्य भएको किसाहरुको भनाई छ ।
किसानहरुले तत्काल उखुको उचित मुल्य निर्धारण गर्न सरकारसंग माग गरेका छन् । तर यसबारे सरकारले उखुको मुल्य निर्धारण नगर्दा उद्योग समेत अन्यौलमा परेको नवलपरासीका चिनी उद्योगहरुले जनाएका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र