‘राष्ट्रपतिले ढिलाई गरे न लोकतन्त्र रहन्छ न मानवअधिकार’

७ माघ २०६९, आईतवार २२:५६ मा प्रकाशित

काठमाडौं, ७ माघ । राजनीतिक समस्या निकासमा राष्ट्रपतिको भूमिका सार्थक नदेखिएको भन्दै बारम्बार घच्घच्याउँदै आएका नेपाली कांग्रेसका नेता डा. रामशरण महतले गतिरोध अन्त्यका लागि राष्ट्रपतिले संविधानबाहिर गएर कदम चाल्नुको बिकल्प नरहेको दोहोर्याएका छन् । सुर्खेतमा आइतबार आयोजित एक कार्यक्रमबीच कांग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै नेता महतले वर्तमान परिस्थिति असामान्य भएकाले असामान्य कदमबाटै समाधान खोजिनुपर्ने बताए। यतिबेला जननिर्वाचित एक मात्र वैधानिक संस्था राष्ट्रपति हो भन्दै उनले राष्ट्रपतिले संविधानभित्रबाट समाधान खोज्छु भनेर पर्खिनु नयाँ तानाशाहलाई हुर्किने अवसर दिनु मात्र हो भनी दाबी गरे । राष्ट्रपतिले ढिला नगरी ठोस कदम चाल्नुपर्ने उनको ठहर थियो ।
नेता महतका अनुसार तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएर बहुमतको आधारमा राष्ट्रिय स्वरुपको सरकार गठन गर्न राष्ट्रपतिले अब ढिलाई गर्नुहुँदैन । राष्ट्रपतिको यस्तो कदम नयाँ निर्वाचनलाई केन्द्रमा राखेर हुनुपर्नेमा महतले जोड दिए।
व्यवस्थापिका संसदको अभावमा सरकारी निरंकुशता बढ्दै गएकोले त्यसलाई रोक्न तत्काल निर्वाचन गर्नुपर्ने बताउँदै उनले भने, ‘यही परिस्थिति केही दिन लम्बियो भने न यहाँ लोकतन्त्र रहन्छ, न मानवअधिकार।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४