पाल्पामा बेपत्ता महिला मृत फेला, श्रीमानले हत्या गरेको आशंका, अनुसन्धान फितलो भन्दै प्रहरी कार्यालय तोडफोड, रामपुर बजारमा कर्फ्यु

७ माघ २०६९, आईतवार २२:३५ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही ७ माघ । महिना दिनअघि बेपत्ता भएकी पाल्पा रामपुरकी एक महिलाको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको छ । रामपुर–५ बस्ने सोनु खनाल श्रेष्ठको शव कालीगण्डकी नदीको ज्याग्दी परेवाघाट किनारमा शनिबार लास फेलापरेको थियो । मृतकका माइतीपक्षले उनको हत्या आफ्नै श्रीमानले गरेको आरोप लगाएको छ भने आरोपी ओमप्रसाद श्रेष्ठले आरोप स्वीकार गरेका छैनन् ।
बोरामा पोको पारेर ढुङ्गा समेत राखी फालिएको अवस्थामा सोनुको शव फेला परेको थियो । प्रहरीले अनुसन्धान फितलो गरेको भन्दै स्थानियले इलाका प्रहरी कार्यालय रामपुरमा तोडफोड गरेका छन् । प्रतिकारमा केहीबेर लाठीचार्ज हँुदा प्रदर्शनकारी र प्रहरी पनि सामान्य घाइते भएका छन् । इप्रकाको झ्यालको सिसाहरु फुटेपछि प्रहरीले अश्रुग्यास फालेको छ । प्रदर्शनकारीले रामपुर बजार बन्द गराएका छन् भने नेपाल महिला संघले नाराजुलुस गर्दै महिला हिंसा अन्त्यको माग गरेको छ । आइतबार बिहानैदेखि स्थानीय र प्रहरीबीच भएको तनावमा १८ जना प्रहरी र तीनजना प्रदर्शनकारी घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले रामपुर बजारमा कर्फ्यु लगाएको छ। दिउसो तीनबजेदेखि देखि अनिश्चितकालका लागि कफ्यु लागाईएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।
सोनु गत पुस ४ गते रातीदेखि बेपत्ता थिइन् । सोनुका माइती पक्षको सम्पत्तिमा हक दाबी गर्ने कोही नभएकोले सम्पत्तीकै लागि पटक–पटक यातना दिने, यौन हिंसासमेत गर्ने गरेको र सम्पत्तिकै लागि हत्या गरेको वडावासीको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा