जीवा लामिछानेद्वारा ७ लाख ५० हजार सहयोग प्रदान

७ माघ २०६९, आईतवार २२:२२ मा प्रकाशित

हेमराज शर्मा । एक कार्यक्रमबीच गैरआवासीय नेपाली संघका अध्यक्ष एवं परोपकारी परियोजना कार्यदलका सभापति जीवा लामिछानेले रु. ७ लाख ५० हजार बराबरको रकम परोपकारी कार्यको लागि विभिन्न संघसंस्थाहरुलाई हस्तान्तरण गर्नु भयो ।

उक्त सहयोग रकम एनसिसि इजरायलले सिंधुली र रोल्पा जिल्लाका द्वन्दबाट प्रभावित बालबालिकाहरुको लागि सिंधुली निवासी शान्ति विक्रम गौंतम र किर्तीपूर इंगलिस बोर्डिङ्ग स्कुल, एनसिसि पोर्चुगलले सेती नदीबाट प्रभावित कास्की जिल्लाको माछपुच्छ्रे उच्चमावि, जापानका एनआरएन कपिलदेव थापाले नेपाल लाइब्रेरी फाउण्डेसन र एनसिसि युकेले हेल्प नेपाल नेटवर्कको अक्षय कोष र क्यान्सरबाट पिडित बालिका अंकिता रिजाललाई सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले आर्जन गरेको आयबाट केही रकम जोगाएर नेपालमा परोपकारी कार्यको लागि विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको जानकारी दिनु भयो । साथै यस्ता परोपकारी कार्यको लागि उपलव्ध रकमहरुको उचित सदुपयोग हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाले आजको कार्यक्रममा परोपकारी परीयोजनामा सहयोग गर्नु हुने सबै एनसिसिहरु र एनआरएन साथीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी