पूर्वी नेपालमा भुकम्पको धक्का, ताप्लेजुङमा तीन घरमा क्षती

१५ चैत्र २०६८, बुधबार ०८:४६ मा प्रकाशित

काठमाडौ, १५ चैत । आज बिहान पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ५ बजेतिर भूकम्पको झट्का महसुसगरिएको हो । पूर्वान्चलको मोरङ र सुनसरी आसपासमा भुकम्पको महसुस गरिए पनि केन्द्रविन्दु भारतको विहार राज्यको रहेको बताइएको छ । ५ रेक्टर स्केलको भूकम्प १२ सेकेन्डसम्म महसुस गरिएको भारतीय सन्चारमाध्यमहरूले जनाएका छन् । भारतको पश्चिम बङ्गाल, विहारसहित पूर्वी राज्यहरूमा पनि भूकम्पको महसुस गरिएको छ ।
भुकम्पले ताप्लेजुङको ३ घरमा क्षति पुगेको छ ।  खेवाङ ४ का गायत्री पौडेल, ओदराज दाहाल, र बथलदेवी भट्टराइको घरको भित्ता लडेको खेवाङबाट  स्थानीय रम्मी आचार्यले जानकारी दिनुभयो । गत असोजमा गएको भुकम्पपछि अझै पनि ताप्लेजुङका भुकम्प पीडित पालमा बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।