भट्टराईले मार्ग प्रशस्त गरे जेठमा चुनाव सम्भव : नेपाली कांग्रेस

७ माघ २०६९, आईतवार २२:१९ मा प्रकाशित

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसको आइतबार केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले सरकार विरुद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । आन्दोलनलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरुलाई जिल्ला पठाउने तयारी कांग्रेसले गरेको बताइएको छ ।
बैठकले आफ्ना भातृ संगठनका विधान पनि पारित गरेको छ । आइतबारकै बैठकले महिला संघ, तरुण दललगायतको विधान परिमार्जनसहित पारित गरेको हो । सोही बैठकले स्वर्गीय भीमबहादुर तामाङको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको छ । तामाङ नेतृत्वको कार्यदलले संघीयता, राज्य पुनःसंरचना र आदिवासी जनजातिहरुका माग समेटेर प्रतिवेदन तयार पारेको थियो ।
यसैवीच, कांग्रेसले सवै सहमति र सम्झौता तोड्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको आलोचना पनि गर्दै दाहालको अभिव्यक्तिलाई गैरजिम्मेवारीको संज्ञा दिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले मार्गप्रसस्त गरे आगामी जेठमा नयाँ निर्वाचन गराउन सकिने कांग्रेसको निष्कर्ष छ । उसले त्यसका लागि जिम्मेवार हुन एमाओवादीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको