‘श्रीपेचबिना पनि निरंकुशता आउँदोरहेछ’, दैलेखबाट ‘तेस्रो आन्दोलन’ सुरु

६ माघ २०६९, शनिबार २१:१७ मा प्रकाशित

काठमाडौं, ७ माघ । नेपाली कांग्रेस, एमाले लगायत नौवटा विपक्षी राजनीतिक दलले दैलेखबाट आन्दोलन सुरु गरेका छन् । युद्धकालमा माओवादीले जिउँदै गाडेर हत्या गरेका पत्रकार डेकेन्द्र थापाका हत्यारामाथि कानूनी कारबाही गराउन दबाव दिने भन्दै दैलेखको सदरमुकामबाट सञ्चालन गरेको आन्दोलनलाई विपक्षी दलले तेस्रो जनआन्दोलनको संज्ञा दिएका छन् ।
विरोधसभामा एमाले उपाध्यक्ष बामदेव गौतमले निरंकुश बन्दै सरकारले देशमा दण्डहीनतालाई पश्रय दिएको आरोप लगाए । उनले आन्दोलनले बढारेरै छोड्ने र संविधानसभाको चुनाव हुने वातावरण बनाउने दाबी गरे । गौतमले लोकतन्त्र, मानवअधिकार र विधिको शासनको पक्षमा जनताले दर्शाएको समर्थनलाई साथ दिन आफूहरुले सरकारविरोधि आन्दोलन दैलेखबाट सुरु गरेको उल्लेख गरे ।
कांग्रेस नेता डा. रामशरण महतले निरंकुशता राजतन्त्र र श्रीपेचबाट मात्र आउने होइनरहेछ, बरु विनाश्रीपेचका बाबुराम र प्रचण्डजस्ता अधिनायकवादीबाट सजिलै निरंकुशता आउन खोज्दोरहेछ भन्दै एमाओवादीका नेताद्वय प्रचण्ड र बाबुराम नयाँ तानाशाह भएको ठोकुवा गरे । उनले यस आन्दोलनले लोकतन्त्रलाई संस्थागत गर्न मद्दत पुग्ने दाबी पनि गरे ।
विरोधसभामा बोल्ने अन्य दलका प्रतिनिधिहरुले पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कानूनी कारबाहीको कठघराबाट उम्काउने सरकारी प्रयासको निन्दा गरेका थिए भने डेकेन्द्रकी श्रीमति लक्ष्मी थापाले स्वर्गीय डेकेन्द्रलाई शहिद घोषणा गर्न विपक्षी आन्दोलन र दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत