खुला सीमानाका कारण व्यापारी मर्कामा

६ माघ २०६९, शनिबार २१:१२ मा प्रकाशित

रुपन्देही, ७ माघ । रुपन्देहीका व्यापारीहरुले खुला सीमानाका कारण हुने अवैध कारोबारले आफूहरु मर्कामा परेको बताएका छन् । । बुटवल आएका प्रहरी महानिरीक्षक कुवेर सिंह रानासँग भेटघाट गरी आफूहरुले भोग्नु परेका समस्याका बारेमा जानकारी गराउने क्रममा रुपन्देहीका व्यापारीहरुले सो दुखेसो सुनाएका हुन् । व्यापार संघका अध्यक्ष टंकप्रसाद पोखरेलको नेतृत्वमा भेटघाट गर्ने क्रममा  महानिरीक्षक रानाले आफू शान्ति सुरक्षालाई चुस्त राख्न सक्रिय रहेको बताए । उनले शान्ति सुरक्षा कायमा राख्ने काममा सघाउन व्यापारीहरुलाई आग्रह गरेका थिए । व्यवसायीहरुले खुला सिमानामा कारण आफूहरु मर्कामा परेको भन्दै खुला सिमानाबाट हुने अवैध आयात रोक्न प्रहरी–प्रशासन बढी क्रियाशील हुनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा