हर्नैया घटनाका दोषिलाई कडा कारवाहीको माग

६ माघ २०६९, शनिबार २१:११ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, ७ माघ । रुपन्देहीको हर्नैयामा दुई महिलाको विभत्स हत्या भएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारवाहीको माग गरेको छ । घटना घटेको लामो समयसम्म पनि घटनाको प्रारम्भिक विवरण सार्वजनिक गर्न नसक्नुले प्रशासनको कमजोरी रहेको भन्दै छिटोभन्दा छिटो घटनाको अनुसन्धान अघि बढाउन प्रशासनसँग माग गरिएको छ । समाजका रुपन्देही शाखा सभापसत कृष्ण पंगेनीले हर्नैयाको घटना अत्यान्तै क्रुर र पासविक भएकोले घटनाको अनुसन्धानलाई सहयोग पुग्ने गरी अभियुक्तहरुको नजिक पुग्नका लागि सहयोग गर्न स्थानियवासीहरुमा आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच