संविधानका विवादित विषय मिलाउन विवाद समाधान उपसमिति आज पनि बस्ने

१५ चैत्र २०६८, बुधबार ०८:४५ मा प्रकाशित

काठमाडौ, १५ चैत । संविधान निर्माणमा देखिएका विवाद समाधान उपसमितिको बैठक आज बस्दैछ । बैठकमा विभिन्न विवादित विषयहरूमा सहमतिका लागि छलफल गरिने भएको छ । विवाद समाधानका लागि भन्दै पटक पटक म्याद थपिँदै आएको उपसमितिको आज बैठक दिउँसो ३ बजेपछि बस्ने छ । दलहरूबीच शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली र संरचनालगायतका विषयमा सहमति जुट्नबाँकी रहेको छ । आजको बैठकमा न्यायिक संरचनाका सम्बन्धमा शीर्ष नेताहरूलाई हिजो न्यायाधीहरूले दिएको सुझावसम्बन्धमा पनि छलफल हुने बताइएको छ । शीर्ष नेताहरूसँग हिजो भएको छलफलमा न्यायाधीशहरूले न्यायपालिकाको स्वतन्त्रतामा कुनै खालको आँच आउने खालको संरचना नराख्न सुझाव दिएका थिए । संवैधानिक अदालत, प्रधानन्यायाधीशको कार्यकाल, न्यायाधीशको पुनःनियुक्ति तथा नियुक्तिको संरचना जस्ता विषयमा पनि हिजो छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक