संविधासभामा राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमाथि आज पनि संविधानसभामा छलफल

१५ चैत्र २०६८, बुधबार ०८:४४ मा प्रकाशित

काठमाडौ, १५ चैत । राज्यपुनःसंरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनमाथि संविधानसभामा आज पनि छलफल हुने भएको छ । आयोगको प्रतिवेदनमा अस्तिदेखि संविधानभामा छलफल चलिरहेको छ । विभिन्न दलका सभासद्हरूले आयोगको प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने छ । सभासद्हरूले आयोगको प्रतिवेदन फरक फरक टिप्पणी गरेका छन् । आयोगले राज्य पुनःसंरचनाका लागि जातीय अवधारणालाई बढी महत्व दिएको कतिपय सभासद्हरूको आरोप छ भने कतिपयले आयोगले दिएको सुझावहरू नै राज्यको पुनःसंरचना गरिनुपर्ने तर्क गरेका छन् । आयोगको प्रतिवेदनमाथि संविधानसभामा भोलिसम्म छलफल हुने कार्यक्रम छ । संविधानसभामा छलफल सकिएपछि प्रतिवेदनलाई संवैधानिक समितिमा पठाइने छ । आयोगले फरक मतसहित ११ र ६ प्रदेशका सुझावसहित प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका