बाबुरामको पदीय आयु एमाओवादी महाधिवेशनसम्म मात्र !! राष्ट्रपतिसँग प्रचण्डले के मागे ?

६ माघ २०६९, शनिबार १२:०२ मा प्रकाशित

काठमाडौं, ६ माघ । एमाओवादीको आगामी २५ गते हुने भनिएको महाधिवेशनयता बाबुराम भट्टराईलाई प्रधानमन्त्री पदबाट हटाउन प्रचण्डले नचाहेको अनुमान गरिएकै बेला सोको पुष्टि गर्ने एक प्रसंगको खुलासा भएको छ ।  पार्टीभित्र अप्ठयारो परेको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतीय सरकार गठनको म्याद खुला गर्न राष्ट्रपतिलाई दबाब दिएको सन्दर्भ प्रकाशमा आएबाट यस्तो अनुभूति गरिएको हो । प्रचण्डले राष्ट्रपतिलाई एक महिना समय तोकेरै म्याद मागेका स्रोतको दाबी छ । गत मंगलबार राष्ट्रपति यादवलाई छुट्टै भेटेका बेला प्रचण्डले पार्टीमा आफूलाई अपठेरो पर्ने तर्क गर्दै त्यतिबेलासम्म कुर्न अनुनय गरेका बताइन्छ । दाहालले अहिले नै प्रधानमन्त्रीलाई हटाउँदा पार्टीको महाधिवेशनमा आफूलाई अप्ठयारो पर्ने पिरलो राष्ट्रपतिलाई सुनाएका थिए । फलस्वरुप नवौँ पटकसम्म दिएको समयसीमाको असफलतापछि राष्ट्रपतिले समयसीमा हटाएर आह्वान गरेका हुन् ।
अहिले नै बाबुरामको बहिर्गमनका लागि पार्टीभित्र अप्ठयारो छ । सहमति गर्नुपर्छ भन्नेमा म छु तर त्यसका लागि महाधिवेशनसम्म पर्खनुपर्छ,’ दाहालले भनेका थिए, ‘बाबुराम पनि महाधिवेशनसम्म सरकारमै रहन चाहन्छन् । मलाई पनि त्यसपछि सजिलो हुन्छ । म्याद मात्रै थप्दा राष्ट्रपतिले पनि अपमानित महसुस गर्नुपरेको देखिन्छ ।’ उनले सहमतीय सरकार गठनको आह्वान प्रक्रिया भने जारी राख्न पनि राष्ट्रपतिलाई सुझाएका थिए ।
भट्टराई सरकारको बहिर्गमनका पक्षमा आफू लागे महाधिवेशनमा आफूविरुद्ध आफ्नै सरकार गिराएको अभियोग लाग्नसक्ने भएकाले आफ्नो बाध्यता बुझिदिन राष्ट्रपतिलाई दाहालले आग्रह गरेका थिए । ‘सहमतिको सरकार नबनाई नहुने र बाबुरामलाई नमनाई पनि नहुने अवस्थामा म छु,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
दलहरूबीच सहमति हुनै लागिरहेका बेला भाँड्न खोज्ने विभिन्न पक्षहरू सक्रिय रहेकाले दलहरूबीच सहमति नहुन्जेल समयसीमा नतोक्न आफूहरूले राष्ट्रपतिलाई सुझाव दिएको दाहालनिकट एक नेताको भनाइ छ ।
दाहाललाई जवाफमा राष्ट्रपति यादवले दलहरूको अप्ठयारो आफूले पनि बुझेको र दलहरूलाई अप्ठयारो पार्ने आफ्नो नियत नरहेको भन्दै सहमतिको विकल्प नभएकोमा जोड दिएका थिए । ‘म तपाईंलाई अप्ठयारो पार्दिनँ,’ राष्ट्रपति यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर, सहमति नभएर स्थिति प्रतिकूल हुँदै गएको छ, निकासका लागि गम्भीर भएर प्रयास अगाडि बढाउनुहोला ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।