सिरियामा भएको नरसंहारको प्रमाण फेला पर्यो

६ माघ २०६९, शनिबार ०५:४२ मा प्रकाशित

एजेन्सी/ ६ माघ । सिरियामा यसै साता भएको नरसंहारको प्रमाण फेलापरेको छ जहाँ कम्तीमा पनि एक सय मानिसको एकैदिन हत्या गरिएको र उनीहरुका घर जलाइएको समाचार सार्वजनिक भएको थियो । होम्स शहरनजिक हासविया गाउँमा एक टोलीले भ्रमण गर्दा त्यहाँ एक घरबाहिर जलेका लासहरु समेत भेटिएका थिए । स्थानीय रुपमा भेटिएका सैनिकहरुले ठूलो संख्यामा मानिस मारिएका र तिनका शवहरु हटाइएका सञ्चारकर्मीलाई बताएको बीबीसीले जनाएको छ ।
बीबीसी सम्वाददाता लूइस ड्युसेटले एउटा घरबाहिर तीनवटा शव जलेको हालतमा भेटेका थिए भने उनले उक्त घरको सिमेन्टको भूइँमा लास घिसार्दा रगत लत्पतिएको पनि देखे । भान्साकोठाको भित्तामा दर्जनभन्दा बढी गोलीका चिन्हहरु थिए । सोही घरको भित्र सुत्ने कोठामा पनि दुईवटा लास जलेको अवस्थामा भेटिएका थिए ।
स्थानीय एक व्यक्तिले जनाएअनुसार ती मानिसहरुको हत्या हुँदा सेना त्यहीँ उपस्थित थिए । हासवियामा ठूलो संख्यामा भएको नरसंहारको समाचार गत बिहीबार नै चर्चामा आएको र मानवाधिकारकर्मीहरुले यसतर्फ ध्यान खिच्ने प्रयास गरे पनि समाचारको पुष्टि हुन सकेको थिएन ।
सीरियाली अव्जरभेटरी फर हुयुमन राइट्सका अनुसार राष्ट्रपति बशर अल असद प्रति वफादार सेनाले १०६ जना मानिसको हत्या गरेका थिए जसमा महिला र केटाकेटी पनि सामेल थिए । तर सरकारी अधिकारीहरुले उक्त नरसंहार घटनाको ठाडै अस्वीकार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा