मियोबिनाको दाइँ चल्यो : पौडेल

६ माघ २०६९, शनिबार ०४:४१ मा प्रकाशित

रासस/ काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अन्याय, अत्याचार र शोषणविरुद्व हिंसात्मक आन्दोलन गर्ने व्यक्तिहरू नै आज पक्षपात, नातावाद, सामान्तवाद र भ्रष्टाचारका प्रतीक बनेको बताएका छन्।
राजधानीमा सुरु भएको लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उपसभापति पौडेलले विदेशबाट आएका रकमको तुलनामा सामाजिक चेतना, आर्थिक र सामाजिक विकास हुन नसकेको टिप्पणी गरे। ूदेशमा मियोबिनाको दाइँ र सरकारीविहीनको अवस्थामा रहेको छ, भ्रष्टाचार, दण्डहीनता र अराजकता जताततै व्याप्त छ,ू उपसभापति पौडेलले भने।
सामाजिक संस्थाहरू प्रजातन्त्र, आर्थिक, सामाजिक र चेतना विकासको लागि क्रियाशील हुनुपर्ने बताउँदै उपसभापति पौडेलले सामाजिक संस्थाहरू लक्षित वर्गमुखी, व्यवस्थित र पारदर्शी हुनुपर्ने बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मुलुकमा दण्डहीनता, अराजकता र अव्यस्थता बढेर सङ्क्रमणकाल झन् सङ्कटपूर्ण भएको भन्दै सरकारका कारण राजनीतिक सहमति हुन नसकेको बताए।
केन्द्रीय सदस्य डा. नारायण खड्काले सामाजिक संस्थाहरू विश्वमा आठौँ आर्थिक शक्तिका रूपमा सामाजिक आर्थिक क्षेत्रमा क्रियाशील रहेको उल्लेख गरे।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले अहिले राज्यको स्रोत, साधन राजनीतिक पार्टीका भ्रातृ संस्थाहरूलाई दिने प्रवृत्ति लोकतान्त्रिक मान्यताविपरीत हो भन्दै सामाजिक संस्थाहरूको कामको पुनरावलोकन गरिनुपर्ने बताए।
लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घका अध्यक्ष डा. बालगोपाल वैद्यको सभापतित्वमा भएको सो कार्यक्रममा महासङ्घको काममा योगदान पुर्‍याउनुभएका परशुराम खतिवडालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र