प्रधानमन्त्री दोषी ठहरिए एक वर्ष कैद र १० हजार जरिवाना हुने

५ माघ २०६९, शुक्रबार २२:३४ मा प्रकाशित

काठमाडौं, ५ माघ । पत्रकार डेकेन्द्र थापाका हत्या आरोपीहरुमाथिको अनुसन्धान प्रभावित गर्न खोजेको आरोपमा जवाफ दिन आफै उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएपनि प्रधानमन्त्री बाबुराम भट्टराई अदालत जाने सम्भावना नरहेको उनका सल्लाहकारले बताएका छन् । आदेशबमोजिम प्रधानमन्त्रीले अदालतमा लिखित जवाफ पेस गर्ने उनका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए ।
सो हत्यासम्बन्धी मुद्दा अघिबढेपछि त्यसविरुद्ध बोलेर प्रधानमन्त्रीले र अनुसन्धान प्रक्रिया रोक्न लिखित निर्देशन दिएर महान्यायाधिवक्ता मुक्ति प्रधानले अदालतको अवहेलना गरेको भन्दै एक साताअघि सर्वोच्चमा मुद्दा दायर भएको थियो । त्यसमा सुनुवाई गर्दै न्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रधानमन्त्री र महान्यायाधिवक्तालाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । तर, प्रधानमन्त्रीका सल्लाहकार देवेन्द्र पौडेलले प्रधानमन्त्री बयान दिन अदालत जाने सम्भावनालाई इन्कार गरेका छन् । ‘बोलाउनेवित्तिकै प्रधानमन्त्री त्यसरी अदालत जाने कुरा आउँदैन’ भन्ने उनको कथन छ । सशरिर उपस्थित नभए पनि अदालतले मागेको जवाफ प्रधानमन्त्रीले लिखित रुपमा पठाउने उनले बताए ।
पौडेलले तर्क गरेजस्तो प्रधानमन्त्री अदालतमा उपस्थित नभए पनि हुने अवस्था छ ? भन्ने प्रश्न गर्दा सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावल भन्छन्, ‘अदालतको आदेश भएपछि विपक्षी उपस्थित भए पनि हुने नभए पनि हुने भन्ने हुँदैन, आदेशबमोजिम उपस्थित हुनैपर्छ ।’
करिब ८ वर्षपूर्व दैलेखमा पत्रकार डेकेन्द्रराज थापाको हत्या गरिएको थियो । उनकी श्रीमतिले दिएको निवेदनमा सुनुवाई गर्दै पुनरावेदन अदालत सुर्खेतले थापाको मुद्दा अघि बढाउन आदेश दिएपछि दैलेख प्रहरीले आरोपीलाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो । त्यसलाई रोक्न निर्देशन दिएपछि सर्वोच्चमा रिट र अवहेलना मुद्दा दर्ता भएको थियो । अवहेलना मुद्दा प्रमाणित भए दोषीमाथि अधिकतम एक वर्ष कैद र १० हजार जरिवानाको सजाय हुनसक्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत