भट्टराई सरकारविरुद्ध उत्रियो यूवा संघ

५ माघ २०६९, शुक्रबार २२:३२ मा प्रकाशित

काठमाडौं, ५ माघ । यूवा संघ नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारलाई जनघाती, राष्ट्रघाती र भ्रष्टाचारीको संज्ञा दिँदै सरकारका विरुद्ध आन्दोलनको घोषणा गरेको छ । संघले माघ ७ गते देखि १५ गतेसम्मको साताब्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 
घोषित आन्दोलनको कार्यक्रमहरुमा माघ ७ गते मानवअधिकार, प्रेस स्वतन्त्रता, यूद्ध अपराध, मानवताविरुद्धको अपराध, अन्तर्राष्ट्रिय सन्धी–सम्झौतासहितका दस्तावेजहरु राजधानीमा प्रधानमन्त्रीलाई बुझाउने र ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकार मार्फत पठाउने, माघ १० गते भट्टराई सरकार गठन हुनेबेलाको र अहिलेको बजार मुल्यको तुलनात्मक विजक प्रर्दशन गर्ने रहेका छन् ।
त्यसैगरी माघ ११ गते आन्दोलनको प्रचार प्रसार गर्ने, माघ १४ गते महिल हिंसा, लोडसेडिङ, कुशासन, प्रेसमाथिको दमन, भष्टाचार, राष्ट्रघात लगायतका अपराधको कालो पट्टी , बन्दी कलम, लाल्टीन र खाली थाल सहित प्रर्दशन गर्ने र टोल टोलमा १ घण्टा थाल ढटाएर विरोध प्रर्दशन गर्ने र माघ १५ गते राजधानीको खुला मन्च र मोफसलमा जिल्ला सदरमुकामहरुमा प्रधानमन्त्री डा बाबुराम भट्टराईको सामूहिक दाहासस्कारगर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु रहेका छन् ।
त्यसरी नै राजनीतिक दलका नेताहरुको बैठकमा यूवा साङले जुलुस प्रर्दशन गरेर खवरदारी गर्ने, अपारधीहरुलाई कानूनको जिम्मा लगाएर न्यायको लागि भूमिका खेल्ने, भिजिलान्तेहरुको शसक्त प्रतिकार गर्ने, प्रधानमन्त्तीको अपराधको सुचि बनाएर सार्वजनिक स्थलमा राख्ने र बेरोजगार यूवाबाट चन्दा उठाएर प्रधानमन्त्रीलाई भिक्षा दिने कार्यक्रमहरु पनि यूवा संघले अघिसारेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष महेश बस्नेतले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई बर्खास्त गर्ने अन्तिम लडाईमा आफूहरु होमिएको स्पष्ट पार्दै कथित माओवादी जनयूद्धमा मारिएका १६ हजारलाई न्याय दिलाउन शसक्त रुपमा अघि बढ्ने स्पष्ट पारे । उनले पत्रकार डेकेन्द्रका हत्यारालाई उन्मुक्ती दिलाउन खोज्ने प्रधानमन्त्री र महान्यायधिवक्तलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने चेतावनी दिदै प्रधानमन्त्री हत्याराहरुको नाइके भएको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा