१९५० को सन्धी खारेज गर्न माग गर्दै आन्दोलनको घोषणा

५ माघ २०६९, शुक्रबार २२:३१ मा प्रकाशित

काठमाडौं, ५ माघ । नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत)ले ९ बुँदे माग प्रस्तुत गर्दै माग तत्काल सम्बोधन नगरे सशक्त आन्दोलनको गर्ने चेतावनी दिएको छ । पाँचौं महाधिवेशनले पारित गरेको समसामयिक प्रस्तावहरु सार्वजनिक गर्दै संघले राखेको मागहरुमा सरकारले तत्काल सम्बोधन नगरे अन्य प्रगतिशील युवा संगठन र क्रान्तिकारी युवा संगठनहरुसँगको सहकार्यमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको हो । 
संघले भारतीय पक्षबाट नेपालको ६१ भन्दा बढी ठाउँमा गरेको अतिक्रमण तत्काल फिर्ता गर्न नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने, १९५० लगायतका सबै असमान सन्धि सम्झौताहरु खारेज गरी पञ्चशीलको आधारमा भारतसँग नयाँ ढंगले सम्बन्ध विस्तार गर्नुपर्ने जस्ता ९ सूत्रीय माग अघि सारेको हो । संघका अध्यक्ष पूmर्पा लामाले आफूहरु राष्ट्र, राष्ट्रियताको लागि राष्ट्रद्रोहीलाई परास्त गर्ने युवाहरु महाधिवेशनबाट तयार गरेको दावी गरे ।
संघका पूर्वअध्यक्ष श्याम राईले संघले महाधिवेशनबाट पारित गरेका मागहरु सरकारले पूरा नगरे देश भरीका युवाहरुले बर्तमान सरकारलाई सत्ताच्युत गरेर छाड्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार