बहरबद्ध “गजल” आवाज शर्मा

५ माघ २०६९, शुक्रबार १९:१३ मा प्रकाशित

बाटै भरी काँढा छ है साथीले भन्यो ।
काँढै त हो यो जिन्दगी बागीले भन्यो ।।

मैले बले मात्रै न हो उसको जगजगी ।
मैँ निभ्छु ती निभ्छन् सबै बातीले भन्यो ।।

चढ्छौ तिमी विश्वासले मेरै नाउमा ।
मैले सँधै सम्झन्छु घर माझीले भन्यो ।।

(अहि)ले थ(काइ) मार्नू अझै सुत्नू साँझतक ।
छानै उधार्ने हो भरे आँधीले भन्यो ।।

बाँचेँ भने मात्रै त हो आफ्नो जिन्दगी ।
गीता छुँदै ढाँट्छुऽ अचेल साक्षीले भन्यो ।।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद