पाकिस्तानी प्रधानमन्त्रीमाथि अनुसन्धान गर्ने अधिकारी होटलमा मृत भेटिए

५ माघ २०६९, शुक्रबार १५:०५ मा प्रकाशित

एजेन्सी/ ५ माघ । पाकिस्तानका प्रमाधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा लागेपछि त्यसको अनुसन्धानमा जुटेका एक अधिकारी इस्लामावादको एकहोटलमा मृत भेटिएका छन् । प्रधानमन्त्री राजा परवेज असरफलाई भ्रष्टाचारको आरोप लागेको मुद्दाको अनुसन्धान गरिरहेको नेशल एकाउन्टिबिली व्यूरोका एक अधिकारी शुक्रबार होटलमा मृत फेला परेका हुन् । प्रधानमन्त्री मुछिएका रेन्टर पावर प्रोजेक्टको अनुसन्धान गरिरहेको व्यूरोका सहायक निर्देशक कमरान फैसल मृत फेला परेको न्यूज एजेन्सीहरुले जनाएका छन् ।
पाकिस्तान प्रहरीले उनले आत्महत्या गरेको भनेको छ । तर, अदालतले प्रधानमन्त्रीलाई पक्राउ गर्न आदेश दिएपछि उक्त घटनाको अनुसन्धान गरिरहेका उनीमाथि दबाब बढेको उनी निकटकाले बताएका छन् । प्रधानमन्त्रीलाई अदालतले पक्राउको आदेश दिएपछि जटिल बनेको पाकिस्तान सरकारको राजिनामा माग गर्दै आन्दोलित तेहरिक मिनहजुल कुरानले आन्दोलन फिर्ता लिएपछि साम्य बन्दै गएको छ । अदालतको आदेश भएपछि प्रमाण नपुगेको भन्दै व्यूरो प्रमुख फसिह बुखारीले प्रधानमन्त्रीसहित कसैलाई पनि पक्रान अस्वीकार गरेका थिए । त्यहाँको अदालतले प्रोजेक्ट काण्डमा भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्रीसहित १६ जनालाई पक्रउ गरी अनुसन्धान गर्न व्यूरोलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार