खेलकुद पदाधिकारीबीच पानी बाराबार किन ?

५ माघ २०६९, शुक्रबार १४:५९ मा प्रकाशित

काठमाडौं, ५ माघ । खेलकुद पदाधिकारीबीच देखिएको पानी बाराबारको स्थितिले अहिले खेलकुद आक्रान्त बनेको छ । आफनै तालसुरमा चलेका राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको ‘मपार्इंत्व’ले गर्दा यस्तो स्थितिको सृजना भएको हो । राखेप र एनओसीबीच चिसिएको सम्वन्ध यसको कारकतत्व मानिए पनि खेलाडी, प्रशिक्षक र खेलकुदका पदाधिकारीहरुले यसको मार खेप्नुपर्ने बाध्यता भएको छ । आपसी छलफल र सहमतिका साथ समस्याको समाधान निकाल्नुभन्दा एकले अर्कोलाई आरोप र दोषारोपण गर्नुले यो विवाद अझ विकराल बन्दै गएको छ । सर्वोच्च अदालतको फैसलालाई बाहाना बनाएर राखेपले एनओसीलाई बहिष्कार गर्नु र एनओसीले अन्तर्राष्ट्रिय मान्यताका आधारमा राखेपलाई बाईपास गर्नुले समस्या अँझ बल्झेर गएकोछ । तसर्थ अहिले खेलकुदका यी दुई साँढेको भिडन्त कहिलेसम्म चल्ने हो त्यो चिन्ताको विषय बनेको छ । 
राखेप र एनओसीको विवादमा विजय, पराजयको नतिजा निस्कने संकेत अलिकति पनि देखिएको छैन । दुवै पक्ष आफ्नो अडानमा कायम रहनु र सरकारले यो विवादको वारेमा खासै चासो नदिनुले चाँडै यो सम्स्या समाधान हुने देखिदैन । अझ प्रधानमन्त्री बाबुराम भट्टराईले ओलम्पिक कमिटीको विवाद अन्तराष्टिय भएको प्रस्ट पारेपछि त सरकारको दृष्टिकोण पनि प्रस्ट भैसकेको छ । सरकारले ओलम्पिक विवादको समाधानको लागि अन्तर्राष्टिय ओलम्पिक कमिटी (आइओसी)लाई पत्राचार गरेपनि राजनितिक हस्तक्षेप सरकारका लागि प्रत्युत्पादक हुने ठहर गर्दै पछि हटेको थियो । ओलम्पिकको विवादमा आईओसीको निर्णय नै सर्वोपरि हुने कुरा सरकारले राम्रोसंग बुझेपनि राखेपले यसमा बुझपचाई गर्दा ओलम्पिक विवाद चुँईगम जसरी तानिन गएको हो । जस्लाई खेलकुदको विकासलागि कदापी सकारात्मक कदम मान्न सकिदैन ।
साँचो रुपमा भन्नुपर्दा राखेपले अहिले समग्र खेलकुदको विकासका लागि दुरदर्शि भएर कदम चाल्नुपर्ने देखिएको छ । एक अभिभावक संस्थाले प्रतिसोधको रणनिति अख्तियार गर्नुको सट्टा विवेक प्रयोग गरेर समस्याको हल निकाल्नु सक्नुपर्छ । मिलेर अगाडि जाने कुरामा एनओसीका पदाधिकारीहरु पनि तयार रहेको अवस्थामा राखेपले एक कदम अगाडि बढाएको खण्डमा यहाँ कसैको जित र हारको कुराभन्दा पनि खेलकुदको जित हुने पक्का छ । तर सर्वोच्चको फैसलालाई नै हतियार बनाएर विपक्षीमाथि धावा बोल्ने हो भने अझ कटुता बढने प्राय निश्चित छ । यसले समस्याको हल हुने पनि छैन । तसर्थ राखेपले ओलम्पिक विवादको हलको नाममा खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको नाकमा रस्सी लगाउन कारवाहि गर्न कदापी सुहाउँदैन । यसले खेलक भावनामा चोट पु¥याउनुको साथै खेलकुदप्रति विक्षिप्तता पैदा गर्नेछ । यस्तो अवस्थामा राखेपले ओलम्पिक विवादमा कुनै राजनितिक चलखेल नगरि स्वच्छ र प्रस्टरुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । जुन ओलम्पिकको निकासको लागि मात्र नभै समग्र खेलकुदका लागि सकारात्क पाटो बन्नेमा दुईमत छैन ।
समस्याको समाधान निस्किएपछि अर्थात ओलम्पिक कमिटीको विवाद समाप्त भैसकेपछि राखेपले ओलम्पिकका विभिन्न मुद्दाहरुमा छानविन समिति गठन गरेर त्यसको पर्दाफास गर्न सक्छ । एनओसीमा आर्थिक हिनामिना र अपारदर्शिताले शिखर छोएको आरोप लगाईरहेको राखेपले त्यसपछि त्यहाँका क्रियाकलापमा अंकुश लगाएर वास्तविक कुरो सार्वजनिक गर्नसक्छ । तर विडम्वना, राखेपले ओलम्पिक विवादको समाधानको बाटो अर्के तरिकाले अबलम्वन गर्नु खेलकुदको लागि दुर्भाग्य भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद संघ, ओलम्पियन संघ, राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघ र केहि संघका पदाधिकारीको बुई चढेर राखेपले ओलम्पिकमाथि विजयको पता फहराउने जुन सपना देखेको छ त्यो सपना मात्रै हुने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले राम्रो संग बुझेका छन । तर यहाँ समस्याको हल त्रिपक्षीय वार्ता र सहमति हो भन्ने जान्दाजान्दै किन ओलम्पिक कमिटीको विवादलाई तन्काउने कार्य भैरहेको छ त्यो बुझिनसक्नु भएको छ ।
सदस्य सचिव युवराज लामाले ओलम्पिकको विवाद समाधान गर्न एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानसंग हात बढाएकै हुन । खेलकुद मन्त्री सहित विदेशको सयर गरेकै हुन । दसौं पटक एउटै टेबुलमा बसेर गोप्य वार्ता गरेकै हुन । अव हात मिलाउ“दा के फरक पर्छ ? वार्ता र सहमति नै ओलम्पिक विवादको निस्कर्ष र निकास भैरहेको अवस्थामा लामाको कदमले पक्कैपनि सकारात्क संदेश दिनेछ । लामाको यो कदमको सर्वपक्षिय रुपमा स्वागतयोग्य मात्र नभै उनी खेलकुदमा के गर्न चाहन्छन भन्ने पनि पुस्टी हुनेछ । यदि लामा आफ्नो रणनितिमा सफलभए रातारात ‘हिरो’ समेत बन्नेछन । यो पहल खेलकुदमा उनको कार्यकालको सवैभन्दा अविष्मणीय बन्ने कुरामा सायदै कसैको दुईमत होला । तर खेलकुदमा राजनिति गर्नेहरुलाई मूलगेटमै राखेर आउनु भन्ने लामाले पछिल्लो समयमा आफ्नो अडान र प्रतिवद्धतामाथि किन खरो उत्रिएनन् त्यो बुझ्नसकिएको छैन । उनको ढुलमुलिएको भूमिकाले खेलकुदलाई समेत अन्योलमा पारेको छ , जुन आफैमा सोचनिय बनेको छ ।
खेलकुदमा नयाँ सदस्य सचिवसंगै हुने चम्चे दौडवाट लामाको सम्वन्ध निकै टाढाको थियो । उनी खेलकुदमा एउटा मिसन लिएर आएको देखिन्थे । जस्को उनले केहि समय डठेर प्रतिवाद पनि गरे, त्यसको पुरस्कार स्वरुप राम्रै खप्पी पनि खाए । उनको यस्तो शाहस देख्दा खेलकुदमा कायापटक हुने आमखेलप्रेमीहरुमा विश्वास थियो । तर विडम्वना, राजनितिक नियुक्तीले व्यक्तिको सोचलाई कसरी परिवर्तन गर्दो रहेछ त्यसको झझल्को लामाका पछिल्ला क्रियाकलापले छर्लङ्ग पारेको छ । लामाको सोच र पार्टीको सोचमा उनी मझधारमा फसेका छन । बाध्यतावस उनी खेलकुदका हरेक निकायमा एमाओवादीका कार्यकर्ताहरुको उपस्थिति देखाउन लागिपरेका छन । यस्तो अवस्थामा उनको सङ्लो छवीमाथि जताततै प्रश्न उठेको छ । सुत्रका अनुसार ओलम्पिक विवादको समाधान नहुनु र लामाले मुख बङ्ग्याउनुको कारण पनि राजनितिक दबाव र एनओसीमा एमाओवादीको उपस्थिति भएको थाहाभएको छ । एमाओवादीले ओलम्पिकमा आफ्ना निकटका पाँचजना लाई भित्र्याउन ठूलो भाग मागेकाले पनि समस्या ज्युँका त्युँ रहेको सुत्रको दावी छ ।
यी गम्भिर कुरालाई थाँती राख्दैै विगत केहि समयदेखि राष्ट्रिय खेलकुद परिषदको नयाँ परम्परा अर्थात एनओसीसंग पानी बाराबारको गर्ने निर्णय गरेको छ । यो परम्पराले अहिले खेलाडी, प्रशिक्षक, कर्मचारी र खुद खेलकुद पदाधिकारीहरुले समस्यामा भोग्नु परेका छ । आफ्नो स्वार्थ पुरा गर्न राखेपले बेमौसमको चाल चल्नु अहिले प्राय सवैका लागि पीडादायिक बनेको छ । आखिर किन त ? यो अहिले सवैका लागि कौतुहलता र चर्चाको विषय बनेको छ । जुन परम्पराको थालिनीले खेलकुदमा विग्रह र तनाव उत्पन्न हुन्छ त्यसतर्फ राखेप किन ह्वीप जारी गरेर लागेको हो त्यो अहिले विडम्वनाको विषय बनेको छ । आपसी दुरी र विवादलाई वढाव दिने यस्ता अदुरदर्शि निर्णय गरेर राखेपले खेलकुदलाई किन भंङ्गालोमा हाल्न खोजेको हो त्यो अहिले चिन्ताको विषय बनेको छ । तसर्थ राखेपले पानीमा वसेर गोहीसंग दुश्मनी गर्नुभन्दा दुरदर्शि भएर खेलकुदको हितको वारेमा सोचे उपयुक्त होला कि ?

प्रतिक्रिया
सम्बन्धित खवर

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान