एमाओवादी नेतृत्वले विदेशी गुहार्न थाल्यो

५ माघ २०६९, शुक्रबार १४:४५ मा प्रकाशित

काठमाडौ, ५ माघ । डेकेन्द्र हत्याका अभियुक्तलाई कारबाही नगर्न दिएको निर्देशन प्रत्युत्पादक सावित भएपछि एमाओवादी नेतृत्वले सत्य निरुपण तथा मेलमिलाप आयोग निर्माणको प्रसंग उठाएर तर्कने बाटो खोज्न थालेको अनुभूति गरिएको छ । यही श्रृंखलाअन्तर्गत एमाओवादीले युरोपेली युनियन, अमेरिका र अस्ट्रेलियालगायत काठमाडौंस्थित मिसनका प्रतिनिधिसँग सत्य निरुपण तथा मेलमिलाप आयोगका सम्बन्धमा शुक्रबार छलफल गरेको छ । लाजिम्पाटस्थित होटेल सांग्रिलामा प्रधानमन्त्री बाबुराम भट्टराई, अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले विदेशी कुटनीतिज्ञहरुसंग छलफल गरेका हुन् ।
एमाओवादी अध्यक्ष दाहालले युरोपियन युनियनका तर्फबाट आएको स्टेटमेन्ट र अन्य कतिपय द्विविधा बारे स्पष्ट पार्न बैठक भएको अभिव्यक्ति दिएका छन् । स्रोतका अनुसार एमाओवादी नेताहरुले आयोग बनाउन सघाउनका लागि विदेशी प्रतिनिधीहरुलाई आग्रह गरेका थिए । छलफलमा वर्तमान सरकार र एमाओवादी प्रजातान्त्रिक मान्यताबाट पछि नहटेको, अन्तर्राष्ट्रिय मानव अधिकारका प्रावधानप्रति प्रतिवद्ध रहेको जस्ता मुद्दामा आश्वास्त पार्ने प्रयास गरिएको थियो ।
युरोपेली युनियनका तर्फबाट गम्भीर फौजदारी अपराधमा संलग्न भएकालाई समेत आममाफी दिने प्रस्ताव सहितको सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेशप्रति गम्भीर असन्तुष्टि व्यक्त भइरहेको बेला आयोजना गरिएको छलफलका क्रममा यरोपियन युनियन डेलिगेसनका नेपाल प्रमुख डा. अलेक्जेण्डर सपाशिसले आफूहरुले एमाओवादी नेतृत्वलाई मुलुकको समग्र प्रणालीलाई बिग्रिन नदिन आग्रह गरेको जानकारी दिए । लोकतन्त्र, शान्तिप्रक्रिया, विकास निर्माण र सत्य निरुपण आयोग गठन लगायतका विषयमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर