फेरि सारियो नेविसंघ महाधिवेशन

५ माघ २०६९, शुक्रबार १३:१२ मा प्रकाशित

काठमाडौं, ५ माघ । नेपाल विद्यार्थी संघको महाधिवेशन वैशाखमा सारिने भएको छ । प्रतिनिधि खटाउने विषयमा विवाद हुँदा तल्लो तहको अधिवेशन हुन नसकेपछि संघको महाधिवेशन प्रभावित भई अब ६ देखि ८ वैशाखमा हुने भएको छ । यसअघिको तिथिअनुसार आज शुक्रबार नै नेवि संघको महाधिवेशन हुनुपर्ने थियो । विवादका कारण कुनै पनि तल्लो तहको अधिवेशन नहँदा तोकिएको मितिमा महाधिवेशन हुन नसकेको हो ।

बिहीबार संघको टोलीले महाधिवेशन निर्देशन समितिका संयोजक प्रकाशमान सिंह र विद्यार्थी इन्चार्ज नविन्द्रराज जोशीलाई भेटी महाधिवेशनको मिति सार्न आग्रह गरेको थियो । संयोजक सिंहले फागुनमा गर्नुपर्ने भने पनि संघले भने आफ्नो स्थापना दिवसका दिन ६ वैशाखमा महाधिवेशन गर्ने एक केन्द्रीय सदस्यले जानकारी गराए । उनका अनुसार विद्यार्थी नेताहरूबीच वैशाखमा महाधिवेशन गर्ने विषयमा सहमति भएको छ । चाँडै संघको बैठक बसी औपचारिक निर्णय गर्ने उनको दाबी छ । अधिवेशन प्रतिनिधि खटाउने बिषयमा संघ दुई समूहमा बाँडिएको थियो । अध्यक्ष रन्जित कर्णले एकलौटी रूपमा प्रतिनिधि खटाएको भन्दै बलदेव तिमिल्सेना समूहका विद्यार्थी रूष्ट भएका थिए । तिमिल्सेनाले अध्यक्ष कर्णले महाधिवेशन गर्न नसकेकाले उनलाई हटाएर अर्को कमिटी गठन गर्नुपर्ने बताए । ‘यो कमिटीले महाधिवेशन गराउन सक्दैन,’ उनले भने, ‘त्यसैले यसलाई भंग गरी अर्को कमिटी गठन गर्नुको विकल्प छैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास