तीनवटा सिम लाग्ने कलर्सको मोबाइल

५ माघ २०६९, शुक्रबार १३:०७ मा प्रकाशित

काठमाडौं, ५ माघ । एकपछि अर्को नयाँ नयाँ मोडेलका मोबाइल फोन बजारमा भित्रिने क्रमलाई निरन्तरता दिँदै तीनवटा सिमकार्ड लाग्ने नौलो सेट नेपाली बजारमा भित्रिएको छ। दुर्इटा जिएसएम र एउटा सिडिएमए सिमकार्ड प्रयोग गर्न मिल्ने सिजी९८०० मोडलको कलर्स सेट नेपाली बजार भित्रिएको हो। 
सूपथ मूल्यको सेट भएकाले यो नेपालीबीच लोकप्रिय हुने कम्पनीको दाबी छ। यसमा २।४ इन्चको क्युभिजिए स्त्र्किन छ। मोबाइलको नेवटर्कमा समस्या भइरहने र पहाडी बनोट भएको नेपालमा यो सेट लोकप्रिय हुने कम्पनीको दाबी छ।
यसमा दुइटा जिएसएम सिमकार्ड लाग्ने भएकाले एउटा कम्पनीको नेटवर्कले काम नगर्दा अर्को कम्पनीको सिमकार्ड चलाउन सकिने कम्पनीले जनाएको छ। तीनवटा सिमकार्ड प्रयोग भए पनि सबै सिमकार्ड स्ट्यान्डबाई रहनेछन्।
यसमा जाभा, जिपिआरएस, वाप सपोर्ट गर्छ। एफएम रेडियो, भिडियो र अडियो प्लेयर, भिडियो रेकर्डर, एमपिथ्री र डब्लुएभी सपोर्ट गर्ने विशेषता यसमा छन्। नेपाली र हिन्दी भाषा चल्ने यो सेटमा १ वर्षे र ब्याट्री एवं चार्जरमा ६ महिने वारेन्टी सुविधा छ भने फ्ल्याससहितको १।३ मेगापिक्सेलको क्यामेरा, ब्लुटुथ, युएसबी, विभिन्न गेमहरुको सुविधा यसमा छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहिले

काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ। सँगैको पृथ्वी

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा