ढुंगा–गिट्टी निकासीका लागि ‘दलीय प्रतिबद्धता’

५ माघ २०६९, शुक्रबार ०७:४३ मा प्रकाशित

रुपन्देही, ५ माघ । जथाभावी उत्खनन गरी पर्यावरणमा दुष्प्रभाव पारेको भन्दै गिट्टी–ढुंगा निकासीमा जिल्ला प्रशासन कार्यालयले लगाएको रोकलाई  खुलाउन जिल्लाका राजनीतिक दलहरुले व्यवसायीलाई ‘सहयोग गर्ने’ प्रतिवद्धता जनाएका छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देहीद्धारा भैरहवामा आयोजित एक कार्यक्रममा सहभागी राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा क्रसर व्यवसायीहरुले इआइए प्रतिवेदन आएर सोहीअनुसार काम गरी खाने वातवरण बनाइदिन आग्रह गर्दा जिल्ला प्रशासनले रोक लगाएकाले सो बारेमा दलहरुले सहयोग गरी दिन आग्रह गरेका थिए । कार्यक्रममा नेपाल रोडा ढुंगाउद्योग व्यवासायी संघका अध्यक्ष शिव पाठकले हाललाई आफुहरुसँग मौज्दात रहको ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने वातवरण बनाइदिन आग्रह गरिएको थियो ।
यस सम्बन्धमा जिल्ला प्रसासनले उद्योगीहरुलाई मौज्दात शुन्य बनाउन भनेको थियो । शुन्य मौज्दात बनाइसकेपछि मात्र इआइ रिपोर्टअनुसार काम गर्न अनुमति दिने प्रसासनले जनाएपछि क्रसर व्यवसायीले निकासी गर्ने बातवरण बनाइदिन आग्रह गर्दै वाणिज्य संघलाई आग्रह गरेअनुसार सिद्धार्थनगर उद्योग वाणिज्य संघले सबै दलका प्रमुखलाई बोलाई सर्वपक्षीय छलफल गरेको हो ।
छलफलमा सहभागी नेकाका सभापति अब्दुल रज्जाक, एमालेका उपसचिव राजेन्द्र पन्थी, एमाओवादीका चोपलाल आचार्य, मधेशी जनाधिकार फोरमका महेन्द्र यादव, मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)का सन्तोष पाण्डे, राष्ट्रिय जनशक्ति पार्टीका मिलन बस्नेत, राजमोका कृष्णबम मल्ल, नेपाल समता पार्टीका मोहनसिह थापा, नेपाल किसान युवा पार्टीका शम्भु उपाध्याय, तमलोपाका अतिउल्लाह मुसलमान लगायतले प्रविद्धता जनाएका हुन् । कार्यक्रमा विशेष आर्थिक क्षेत्र भैरहवा मण्डव, अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धमा भैरहवामा यातायात सेवा विस्तार सम्बन्धमा पनि राजनीतिक दलले प्रतिवद्धता जनाएका छन् ।
– चन्द्रकान्त  खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको