धादिङमा बस दुर्घटना, तीनको मृत्यु

५ माघ २०६९, शुक्रबार ०७:२१ मा प्रकाशित

काठमाडौं, ५ माघ । आज बिहानै धादिङको गजुरीनजिक पिंडामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ४ ख ६११७ नम्बरको यात्रुबाहक बस बिहान ४ बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पीडा– २ बाङ्गे भन्ने स्थानमा दुर्घटना भएको हो । सडकबाट बस त्रिसुलीमा खस्दा ३ जनाको मृत्यु भएको र ३१ जना घाइते भएको इलाका कार्यालय गजुरीले जनाएको छ ।
दुर्घटनामा घाइतेमध्ये गम्भीर अवस्थाका १२ जनाको राजधानीमा र बाँकीको गजुरीस्थित सामूदायिक अस्पतालमा उपचार भइरहेको छ । चर्को गतिमा दौडिएको बसले अर्कोलाई ओभरटेक गर्दा दुर्घटना भएको बताइएको छ । स्मरण रहोस्, उक्त क्षेत्र दुर्घटनाका लागि कुख्यात स्थान हो । सो स्थानमा प्रायः दुर्घटना हुने गरेको स्थानीय प्रहरीको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

काठमाडौं । सभामुख र सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाईंदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी