रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा औद्योगिक सुरक्षा सुरू

५ माघ २०६९, शुक्रबार ०७:११ मा प्रकाशित

चन्द्रकान्त  खनाल/ रुपन्देही, ५ माघ । रुपन्देहीमा सशस्त्र प्रहरी वलले औद्योगिक सुरक्षा प्रदान गर्न शुरू गरेको छ । सरकारले हालै औद्योगीक प्रतिष्ठानहरुमा औद्योगिक सुरक्षावल राख्ने निर्णय गरी मुलुकभर २ हजार २ सय ५० जना औद्योगिक सुरक्षाका लागि दरवन्दी आह्वानसमेत गरीसकेको छ । दरवन्दी पूरागर्ने अभियान चलिरहको समयमा रुपन्देहीमा सशस्त्र प्रहरी वेसक्याम्प बुटवलले जिल्लामा रहेको बुटवल औद्योगिक क्षेत्र र बुटवल–भैरहवा क्षेत्रमा रहेका औद्यागीक करिडोरमा सञ्चालित सबै उद्योगहरुमा सुरक्षा प्रदान गर्न शुरू गरेको वेसक्याम्पले जनाएको छ ।
सशस्त्र प्रहरी वेसक्याम्प बुटवलले यसअघि गर्दै आएको  सरुक्षा गतिविधिलाई निरन्तरता दिंदै थप औद्योगीक सुरक्षाको जिम्मेवारीसमेत पाएको हो । औद्योगीक सुरक्षाको जिम्मेवारीसंगै वेसक्याम्पले टोलफ्रि नम्वर १११४ कायम गरेको छ । औद्योगिक क्षेत्र वा औद्यौगिक प्रतिष्ठानहरुमा आईपरेका समस्यालाई तत्काल सुरक्षा प्रदान गर्नउक्त टोलफ्रि नम्वरमा सम्पर्क गरी सहयोग लिनका लागि वेसक्याम्पले उद्योगीहरुलाई आग्रह गरेको छ ।
औद्योगिक सुरक्षाको सञ्चालनसंगै उद्योग र औद्यागिक क्षेत्रमा विभिन्न वहानामा हुने चन्दा आतंकलाई निरुत्साहित गरी त्यस्ता व्यक्ति तथा समुहलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्न सहज हुने अपेक्षा उद्योगीहरुले लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार