ढुंगा-गिट्टी निकासीमा दलीय प्रतिबद्धता

४ माघ २०६९, बिहीबार २२:०६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ४ माघ । जथाभावी उत्खनन गरी पर्यावरणमा प्रभाव पार्नेगरी ढुंगा तथा गिट्टी उत्पादन गरी विदेश निकासी गरेको भन्दै जिल्ला प्रसासन कार्यलय रुपन्देहीले निकासीमा लगाएको रोकलाई खुलाउन जिल्लाका राजनैतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
सिद्धार्थनगर उद्योग वाणिज्यसंघ रुपन्देहीद्धारा भैरहवामा आयोजित एक कार्यक्रममा सहभागी राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीले सो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा क्रसर व्यवसायीहरुले इआइए प्रतिवेदन आएर सोही अनुसार काम गरी खाने बातवरण बनाइदिन आग्रह गर्दा जिल्ला प्रशासनले रोक लगाएकाले सो बारेमा दलहरुले सहयोग गरीदिन आग्रह गरेका थिए । कार्यक्रममा नेपाल रोडा ढुंगा उद्योग व्यवासायी संघका अध्यक्ष शिव पाठकले हाललाई आफुहरुसंग मौज्दात रहको ढुंगा गिट्टी र बालवुा निकासी गर्ने बातवरण बनाइदिन आगह्र गनभएको थियो । यस सम्बन्धमा जिल्ला प्रसासनले उद्योगीहरुलाई मौज्दात शुन्य बनाउन भनेको थियो । शुन्य मौज्दात बनाइसकेपछि मात्र इआइ रिर्पोटअनुसार काम गर्न अनुमति दिने प्रशासनले जनाएपछि क्रसर व्यवसायीले निकासी गर्ने बातवरण बनाइदिन आग्रह गर्दै वाणिज्य संघलाई आग्रह गरेका थिए । यसअनुसार सिद्धार्थनगर उद्योग वाणिज्य संघले सबै दलका प्रमुखलाई बोलाई सर्वपक्षीय छलपल गरेको हो । छलफलमा सहभागी नेकाका सभापति अब्दुल रज्जाक, एमालेका उपसचिव राजेन्द्र पन्थी , एमाओवादीका चोपलाल आचार्य, मधेशी जनाधिकार फोरमका महेन्द्र यादव, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका सन्तोष पाण्डे, राष्ट्रिय जनशक्तिपार्टीका मिलन बस्नेत, राजमोका कृष्णबम मल्ल, नेपाल समता पार्टीका मोहनसिह थापा, नेपाल किसान युवा पार्टीका शम्भु उपाध्याय, तमलोपाका अतिउल्लाह मुसलमान लगायतले प्रविद्धता जनाएका छन् । कार्यक्रमा विशेष आर्थिक क्षेत्रभैरहवा मण्डव, अन्तराष्ट्रिय विमानस्थलको संम्बन्धमा भैरहवामा यातायातसेवा विस्तार सम्बन्धमा पनि राजनीतिक दलले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार