बैद्य पक्षको बहिस्कारका बाबजुद माओवादी संस्थापन पक्षको केन्द्रीय समितिको बैठक सुरु

१५ चैत्र २०६८, बुधबार ०८:०१ मा प्रकाशित

काठमाडौ, १५ चैत । पछिल्लो समयमा गंभिर आन्तरिक मतभेदमा फसेको एकीकृत नेकपा माओवादीको संस्थापन पक्षको आब्हानमा केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण पक्षधरहरुले बहिस्कार गरे पनि बैठक सुरु भएको हो ।
सोमबार र मंगलवार बोलाईएको बैठक पार्टीभित्र सहमति कायम गर्ने भन्दै स्थगित गरिए पनि बैद्य पक्ष बैठकमा सहभागी नहुने स्पष्ट भए पछि संस्थापन पक्ष आज बैठक गरेको हो ।
पार्टी मुख्यालय पेरिसडाँडाँमा जारी  बैठकले बैद्य पक्षले आफूहरुविरुद्ध सुरु गरेको आन्दोलन विरुद्ध जनपरिचालन गर्ने तयारी गरेको छ ।
पोलिटब्यूरो सदस्य शक्ति बस्नेतले शान्ति र संविधानलाइ निश्कर्समा पुर्याउन पार्टी कडाईको साथ अगाडि बढ्ने, शान्ति र संविधानको पक्षमा जनपरिचालन गर्ने, शान्ति र संीवधान प्रक्रिया नविथोलियोस भन्नाकोलागी खवरदारी गर्ने , पार्टीभित्रको अन्र्तद्धन्द्धको समिक्षा गर्दै अत्यावश्यक निर्णय गर्ने र अहिलेसम्म भएका सहमति र कार्यान्वयनको समिक्षा गर्दै अहिलेकै सरकारबाट प्रक्रिया अगाडि बढाउने लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।
अर्का नेता खिमलाल देबकोटाले शान्ति र संविधान टुङगिन लागेको बेला पार्टी र सरकार विरुद्ध मोर्चाबन्दी  सहित आन्दोलन घोषणा गरेर बैद्य पक्षले आफू शान्ति र संविधान विरोधी भएको प्रमाणित गरिसकेकोले अब पार्टीले शान्ति र संविधानको पक्षमा खरो रुपमा बैठकबाट उभिने बताए ।
मोहन बैद्यले भने पहिलाको केन्द्रीय समितिको बैठकको निर्णय कार्यान्वयन नगरी अर्को केन्द्रीय समितिको बैठक बोलाउनुको औचित्य नभएको र महासचिवको अधिकार प्रयोग गरी अध्यक्षले बोलाएको बैठक अनाधिकृत हुने भन्दै त्यस्तो बैठकमा सहभागी नहुने स्पष्ट पारिसकेको छ । यता बैद्य पक्ष भने आफ्नै रणनीति बनाउन अनौपचारिक छलफलमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप