स्थापितलाई प्रधानमन्त्रीले यसकारण गरे विस्थापित

४ माघ २०६९, बिहीबार २१:४२ मा प्रकाशित

काठमाडौं, ४ माघ । काम र कुराको तालमेल मिलाउन नसकेको आरोप लाग्दै आएका केशव स्थापितलाई सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तको जिम्मेवारीबाट हटाएको छ । नौ महिनाअघि मात्र प्रधानमन्त्री बाबुराम भट्टराईकै विशेष पहलमा नियसुक्त गरिएका स्थापितको स्थानमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले योगेश्वरकृष्ण पराजुलीलाई पाँच वर्षका लागि नियुक्त गरेको छ । 
सन्तोषजनक काम गर्न नसकेको भनिए पनि निकटवर्तीहरुसँग प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापित गफाडी भएको आफूलाई महसुस भएको बताउने गरेका थिए । आफैले चासो दिएर नियुक्त गरेका व्यक्तिलाई हटाउने बहाना नपाएर अन्ततः प्रधानमन्त्री भट्टराईले मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा संयोकत्वको छानबिन समिति बनाएर स्थापित निकम्मा रहेको प्रतिवेदन तयार गर्न घुमाउरो बाटो अवलम्वन गरेका थिए । नौ महिनासम्म कुनै पनि काम नगरेको भनी समितिले प्रतिवेदनमा उल्लेख गरेपछि उनलाई हटाइएको हो ।
सहरी विकासमन्त्री समेत रहेका प्रधानमन्त्री भट्टराईले यसअघि स्थापितलाई मौखिकरूपमै राजीनामा दिन निर्देशन दिएका थिए पनि स्थापितले कुनै पनि हालतमा आफू राजीनामा नदिने अडान लिएका समाचार सार्वजनिक भएको थियो । सुकुम्वासी समस्या ३ महिनामा समाधान गर्छु भनस् प्रधानमन्त्रीसँग बाचा गरेका स्थापितले उक्त समस्या झन् बल्झाउने काम गर्न थालेपछि प्रधानमन्त्री सशंकित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति