बुद्ध सर्किटसम्बन्धी कार्यक्रममा कपिलवस्तु पर्यो भारतमा

४ माघ २०६९, बिहीबार २१:२९ मा प्रकाशित

भैरहवा, ४ माघ । नेपाल-भारत पर्यटन सम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको एक कार्यक्रममा भारतीय पर्यटन बोर्डले गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने भ्रामक किताब तथा ब्रोसरहरु वितरण गरेको छ । बुद्ध र्सर्किटसम्बन्धी दुई देशको पर्यटन बोर्ड, नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सहभागी रहेको कार्यक्रममा उपस्थित सबैलाई भारतीय पक्षले उक्त किताब र ब्रोसर बाँडेको थियो ।
कार्यक्रममा दुईदेशका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी पनि सहभागी थिए ।लुम्बिनी मा माघ २ र ३ गते दर्ुइ दिनसम्म चलेको सो कार्यक्रममा भारतीय पर्यटन बोर्डका कर्मचारीले व्यापकरुपमा कार्यक्रमस्थलमै ब्रोसर वितरण गरिरहँदा नेपाल पर्यटन बोर्ड रमिते देखिएको सहभागी प्रकाश न्यौपानेले बताए ।भारतीय पक्षबाट बुद्ध र्सर्किटको प्रचार भन्दै कार्यक्रम गरिरहँदा सो ब्रोसरमा लुम्बिनी बाहेकका बुद्धसँग सम्बन्धित रामग्राम, देवदह, तिलौराकोटको नाम नै राखिएको थिएन । भारतीय पक्षले एकतर्फीरुपमा भारतमै रहेका सारनाथ, सेराबस्ती, सङ्किसा, कउसम्बी, कुशीनगर र लुम्बिनी लाई मात्र बुद्ध र्सर्किट भनेर व्याख्या गरेको छ ।उनीहरुले वितरण गरेको ब्रोसरमा लुम्बिनी समेत नेपालमा पर्दछ भनेर लेखिएको छैन । उनीहरुको बुद्ध र्सर्किट भनेर बुद्ध लुम्बिनी मा जन्मेका हुन् मात्र लेखिएको छ भने अरू सबै भारतीय तीर्थस्थललाई मात्र देखाएर बुद्ध सर्किट भनिएको छ ।नेपाल पर्यटन बोर्ड बेलहियाका प्रमुख प्रदीप बस्नेतले कपिलवस्तुको विषयमा भारतले पनि दाबा गरेको तर यो नेपालमा पर्ने जनाउँदै यसको विषयमा सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको जनाए ।भैरहवा क्याम्पसका क्याम्पस प्रमुख डा घनश्याम न्यौपानेले बुद्धको जन्म तथा शुद्धोधनको दरबार नेपालमा पर्छ भन्ने यथेष्ट प्रमाण हुँदा पनि नेपाली पक्षबाट यसको कुटनीतिक पहल गरी नसच्याउनु दुर्भाग्य भएको बताए ।स्थानीय पत्रकार नरेश केसीले नेपालमै आएर कपिलवस्तु भारतमा पर्छ भन्दै ब्रोसर वितरण गर्नु लज्जाजनक भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार