करिष्मासहित चार दर्जन चलचित्रकर्मी प्रहरी पञ्जामा

४ माघ २०६९, बिहीबार २०:२१ मा प्रकाशित

काठमाडौं । प्रहरीले तोडेको ताला पुनः लगाउन चलचित्र विकास बोर्डमा पुगेका चलचित्रकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ । नौ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका चार दर्जन चलचित्रकर्मीलाई प्रहरीले पक्रेको हो ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गौशालामा राखिएको छ । पक्राउ पर्नेमा अभिनेत्रीहरु करिष्मा मानन्धर, वसुन्धरा भुसाल, मौसमी मल्ल, सुमिना घिमिरे, पूजना स्त्रि छन् भने नायक आकाश अधिकारी, निर्देशकहरु विमल पौडेल, श्याम भट्टराई छन् । यसैगरी कलाकार संघका अध्यक्ष नवल खड्कालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

आमरण अनशनमा उत्रिएका कलाकारहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । अनशनमा बसेका लक्ष्मी गिरी, सुरेश दर्पण पोखरेल, ऋचासिंह ठकुरी, नायक मुकेश ढकाल लगायतलाई गिरफ्तार गरेको हो ।

प्रहरीले हस्तक्षेप गरेपनि बोर्डमा आन्दोलनकारीले ताला लगाउन भने भ्याए । बोर्ड नेतृत्वमा चलचित्र क्षेत्रकै मान्छे ल्याउनुपर्ने लगाउतका माग राख्नै एक हप्तादेखि चलचित्रकर्मीहर सडक आन्दोलनमा उत्रिएका हुन् । सञ्चारमन्त्रीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि यसअघि आन्दोलन स्थगित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो विवाहको तयारीमा जुटेकी छन् । उनले चौँथो विवाह ‘ब्याटम्यान’ अभिनेता बेन

काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक

काठमाडौं । यसवर्षको मिस वर्ल्ड अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । नेपालसहित संसारका दर्जनौं मुलुकका सुन्दरी विश्व सुन्दरी

काठमाडौं । अहिले नेपाली चेली भारतीय सञ्चारमाध्यमहरुमा छाएकी छिन् । अभिनेत्री सुष्मा अधिकारी चलचित्र क्षेत्रकी चर्चित अनुहार हुन् । ‘रोग हो

आजको प्रमुख समाचार