नेपालको शिक्षाको लागि बोष्टनमा माघे संक्रान्ति

४ माघ २०६९, बिहीबार २०:०० मा प्रकाशित

सुर्य थापा, बोष्टन । बोष्टन मगर समाजले आइतवार जनवरी १३, २०१३ मा “शिक्षाको लागि डिनर” नामक एक सामुहिक डिनर कार्यक्रम गरि माघे संक्रान्ति पर्व मनाएको छ । नेपालमा परपुर्वकालदेखि मनाउँदै आएको यस पर्व विदेशमा बसेर संस्कृति पनि जोगाउने र नेपालमा भइरहेको परोपकारी कामहरुलाई सहयोग गर्ने उदेश्य राखेर आयोजना गरिएको थियो । पोहरसाल यस्तै डिनरबाट उठेको एक लाख रकम तनहुँ जिल्लाको कोटा गाविसमा कछार क्षेत्र सामुदायिक विकास केन्द्रलाई ‘महिला सहकारीतामा आधारित दीर्घकालिन आय आर्जन कार्यक्रमद्वारा महिला शिक्षाको तथा क्षमता अभिवृद्धि कार्यक्रम संचालनको लागि पठाइएको थियो ।

यसपटक कार्यक्रममा सहभागी दाताहरुले दिएको रकमबाट सबै खर्च कटाइ बचेको रकम बोष्टनमास्थापना गर्न लागिएको नेपाल सांस्कृतिक केन्द्र भवन निमार्णको निम्ती ५० प्रतिशत रकम खर्च गरिने र बाँकि रकम नेपालको पिछडिएको गाँउका वासिन्दाको शिक्षाको लागि खर्च गरिने कुरा संस्थाका अध्यक्ष चन्द्रपुनले जानकारी गराएका थिए ।
सोहि कार्यक्रममा समाजकी सल्लाहकार सरिना मगरले कछार क्षेत्र सामुदायिक केन्द्रमा समाजको आर्थिक सहयोगद्वारा संचालित परियोजनाको बारेमा जानकारी गराएकी थिइन ।
समाजका डाइरेक्टर सुर्य थापाले समाजले आफ्नो स्थापना काल देखि नै नेपालको शिक्षा र विकासको लागि आफ्नो क्षमताले भ्याउसम्म सहयोग गर्दै आएको र भविष्यमा पनि यसरी सहयोग जारी राख्ने वताउनु भएको थियो । उक्त कार्यक्रममा नेपाली सांस्कृतिक केन्द्र भवन निर्माण तर्दथ समितिका संयोजक विष्णुमणि आर्चाय लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा करिब ७० जना जतिको उपस्थिती रहेको र करिब २००० डलर जति आर्थिक संकलन भएको संस्थाका डाइरेक्टर सुर्य थापाले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार