एसएसपीहरुको सरुवा

४ माघ २०६९, बिहीबार १३:२० मा प्रकाशित

काठमाडौं, ४ माघ । गृह मन्त्रालयले लामो समयदेखि रोकिएको एसएसपीहरुको सरुवा गरेको छ। १४ अञ्चल र एसएसपी दरबन्दी रहेका सबै कार्यालयका प्रमुखहरु फेरिएका छन्।
प्राप्त जानकारीअनुसार अनुसार प्रहरी प्रधान कार्यालय युएन शाखामा कार्यरत रमेश खरेललाई अञ्चल प्रहरी कार्यालय बागमतीमा खटाइएको छ भने नारायणीमा सर्वेन्द्र खनाल, कोशीमा यादव अधिकारीको सरुवा भएको छ।
यसैगरी महानगरीय प्रहरी अपराध महाशाखाका देवेन्द्र सुवेदी युएन शाखामा सरुवा भएका छन् भने उनको ठाउँमा विजयलाल कायस्थ आएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँमा काजमा रहेका रणबहादुर चन्दको दरबन्दी सोही ठाउँमा कायम भएको छ। यस्तै मेचीमा केशरी घिमिरे, कल्याण शाखामा पशुपति उपाध्याय, सगरमाथामा भोगबहादुर थापा, जनकपुरमा शिव लामिछाने, गण्डकीमा केदारमान सिंह, भेरीमा मधु पुडासैनी, हेटौडामा सुवास चौधरी, महाकालीमा छविलाल जोशी र धवलागिरीमा मिलन बस्नेतको सरुवा भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार