पेट्रोलियम पदार्थको मुल्यबृद्धि; मूल्यवृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

१५ चैत्र २०६८, बुधबार ०३:३४ मा प्रकाशित

काठमाडौ, १५ चैत । नेपाल आयल निगमले खाना पकाउने ग्यास बाहेक पेट्रोलियम पदार्थको मूल्य वृद्धिसंगै नयाँ मूल्य निर्धारण गरेको छ । पेट्रोलियम पदार्थहरु,
पेट्रोल, मट्टितेल र डिजेलमा प्रति लिटर चार रुपैयाँको दरले बृद्धि गरेको हो । निगम संचालक समितिको सोमबार बसेको बैठकले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको कारण देखाउदै मूल्य बृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको १ सय २० र डिजेल तथा मट्टितेलको प्रति लिटर ८९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । खाना पकाउने ग्यासको भने पुरानै कायम गरियको छ । यसअघि गत फागुनमा १३ मा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

निगमका अनुसार अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकोले नेपालमा पनि बढाउनु परेको हो । निगमका अनुसार नयाँ मूल्यवृद्धि अनुसार पनि निगमलाई मासिक १ अर्ब ३ करोड रुपैयाँ घाटा हुनेछ । नयाँ मूल्यवृद्धि अनुसार निगमलाई खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ५ सय ६३ रुपैयाँ ४० पैसा, प्रति लिटर डिजेलमा १० रुपैयाँ ५२ पैसा घाटा कायमै रहने छ भने पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ ७७ पैसा तथा मट्टितेलमा ४ रुपैयाँ ८८ पैसा नाफा हुनेछ ।
यसैबीच निगमले पेट्रोलिय पदार्थमा गरेको मूल्य वृद्धि विरुद्ध विद्यार्थीले आन्दोलनको घोषणा गरेका छन् । यसअघि १३ विद्यार्थी संगठनसँग भएका सम्झौता कार्यान्वयन नगरेको र सरकार जनताप्रति उत्तरदायी नभएको  भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले