बजाजले ल्यायो ग्राहक तान्न नयाँ योजना

४ माघ २०६९, बिहीबार १३:१० मा प्रकाशित

काठमाडौं, ४ माघ । एचएच बजाजले नयाँ पल्सर २०० एनएसको लागि लाइसेन्स टु–थ्रिल क्याम्पेन गर्ने भएको छ । यस योजनाअन्तर्गत बजाज पल्सर २०० एनएस खरिद गर्ने प्रत्येक ग्राहकले ‘लाइसेन्स टु–थ्रिल’ टिकट जित्ने छन् । त्यस टिकटमा प्रत्येक ग्राहकले क्यान्योयिङ, क्यान्योन स्विङ, जिपलाइन र बन्जीजस्ता नेपालको रोमाञ्चक खेलका दुई पास सित्तैमा जित्नेछन् भने प्याराग्लाइडिङका लागि एकल पास जित्नेछन् । खरिदकर्ताले आफ्नो सहुलियत र इच्छानुरूप यीमध्ये कुनै एक रोमाञ्चक खेल र आफू जाने मिति छनोट गर्न सक्नेछन् । रोमाञ्चक खेलको विधामा उत्कृष्ट मानिएका जिप फ्लायर नेपाल, हाइ ग्राउन्ड एड्भेन्चर्स र द लास्ट रिसोर्ट यस बृहत् क्याम्पेनका आधिकारिक साझेदारहरू हुन् ।
कम्पनीले बजाजको एनएस पल्सर बाइक नकिने पनि क्याम्पेनमा सहभागी बन्न सक्ने जनाएको छ । आफ्नो रोमाञ्चक फोटो फेसबुकमा अपलोड गर्दा फोटोले सबैभन्दा धेरै मत प्राप्त गरेमा पनि लाइसेन्स टु–थ्रिलको टिकट प्राप्त गर्न सकिने छ । कम्पनीको आधिकारिक फेसबुक पेज एचएचबजाजमा गई यस्तो क्याम्पेनमा भाग लिन सकिने जनाएको छ ।
यसैबीच स्थानीय बजारमा छापावाला सुनको मूल्य ६ सय रुपियाँले बढेको छ । गत मंगलबार प्रतितोला ५८ हजार ४ सय रुपियाँमा कारोबार भएको सुन अहिले ५९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १२ अमेरिकी डलरले वृद्धि भएको र अमेरिकी डलरको मूल्य पनि वृद्धि भएकाले नेपाली बजारमा यसको प्रभाव परेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार