त्रिवि पुस्तकालयको उठ्न बाँकी रकम साढे ३ करोड

४ माघ २०६९, बिहीबार १३:०२ मा प्रकाशित

काठमाडौं, ४ माघ । विभिन्न क्षेत्रमा कार्यरत र समाजमा ‘वरिष्ठ व्यक्तित्व’को सम्मान पाएकाहरूले पनि त्रिविविको पुस्तकालयबाट पुस्तक लगेर फिर्ता नगर्ने गरेको सम्बद्ध कर्मचारीले खुलासा गरेका छन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयबाट वर्षौंअघि लगिएका झन्डै आठ हजार थान पुस्तक अझै फिर्ता गरिएका नगरिएको बताइएको छ । पुस्तकको जरिवाना शुल्बावपत उठ्नु पर्ने रकम उठ्ने हो भने साढे तीन करोड रकम हुनआउने त्रिवि पुस्तकालयले जनायो ।
पुस्तक फिर्ता नगर्नेहरूलाई पटक–पटक पत्राचार गर्नुका साथै फोनमार्फत फिर्ता गर्न आग्रहसमेत गरिएको छ । तर, कतिपय ठाउँबाट त पुस्तकालयका कर्मचारीले उल्टै खप्की खानुपर्छ । बताइएअनुसार ०३१ सालदेखि लगिएका पुस्तक अहिलेसम्म फिर्ता गरिएका छैनन् ।पुस्तकालयले ०५७ सालदेखि प्रतिदिन एक पुस्तकको जरिवाना शुल्क एक रुपियाँ लिने गरेको छ । त्यसअघि प्रतिदिन १० पैसा जरिवाना लिने गरेको थियो । त्रिवि पुस्तकालयमा ३ लाख ७५ हजार पुस्तक छन् । ०३१ सालयता र ०५७ उता लगिएका ७ हजार ८ सय ५० थान पुस्तक अहिलेसम्म फिर्ता भएका छैनन् । पुस्तक फिर्ता नगर्नेमा विभिन्न दलका नेता, प्राध्यापक, कानुन व्यवसायी, कलाकार र पत्रकारसमेत छन् । ‘
अध्ययन गर्न भनेर लगिएका पुस्तक फिर्ता नगर्नेहरूको सूचीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनशक्ति पार्टीका सह–अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, मानव अधिकारकर्मी सुदीप पाठक, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, मुकुन्द बराल, कलाकार कृष्ण मल्ल, त्रिविका पूर्वप्राध्यापक बिनु लोहनीलगायत रहेको पुस्तकालयले जनाएको छ ।
पुस्तक फिर्ता हुन छाडेपछि पुस्तकालयले अहिले भने कडाइ गरेको छ । पुस्तकालयले विद्यार्थीलाई लाइब्रेरी क्लियरेन्स नहुँदासम्म ट्रान्सक्रिप्ट उपलब्ध नगराउन परीक्षा नियन्त्रण कार्यालयलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

आजको प्रमुख समाचार