प्रचण्डले भने- ‘त्यो प्रायोजित हो’

४ माघ २०६९, बिहीबार १२:५० मा प्रकाशित

काठमाडौं, ४ माघ । बोलीको ठेगान नभएका नेताको परिचयसमेत बनाएका एमाओवादी अध्यक्ष प्रचण्डले प्रतिपक्षीहरुले बाबुराम भट्टराईको नेतृत्वलाई निषेध गरेको आक्षेप लगाउँदै प्रधानमन्त्रीलाई निषेध गरेसम्म प्रतिपक्षसँग सम्झौता वा सहमति केही नहुने उदघोष गरेका छन् । प्रचण्ड आफ्नो तथा आफ्नो पार्टीको भ्रष्टाचारको ढाकछोप र व्यक्तिगत सुरक्षाकै लागि पनि अब एमाओवादी पार्टीको नेतृत्वमै सत्ता कब्जा गरिरहन चाहन्छन् भन्ने विश्लेषणहरु हुन थालेको परिवेशमा उनको यस्तो अभिव्यक्ति आएको हो ।
दाहालले ‘राष्ट्रपतिले संविधानको धारा ३८ . १ मार्फत दलहरुका नाममा जबर्जस्ती म्याद तोक्ने काम गरेको आरोप पनि लगाएका छन्। ‘हामी राष्ट्रपतिको प्रयासले सहमति हुन्छ भने होस् भनेर चुप लागेर बसेका मात्र हौं। राष्ट्रपतिले दलहरुको नाममा दिन तोकेर बस्ने होइन। यसले राष्ट्रपतिको प्रतिष्ठा र त्यो संस्थाको गरिमा नै खत्तम हुन्छ, नागरिक समाजका अगुवा तथा बुद्धिजीवीसँग विचार/विमर्श गर्दै अध्यक्ष दाहालले भने।
नागरिक समाज तथा बुद्धिजीवीहरुले राजनीतिक दलहरु बाह्रबुँदे सहमतिको स्पिरिटबाट पछिहटेको गुनासो गरिरहेका बेला दाहालले थपे, ‘बाह्रबु“दे सहमतिको स्पिरिटविपरीत संविधानसभा विघटन भएको आठ महिना बित्न लाग्दा पनि दलहरुबीच सहमति बनाएर निर्वाचनमा जान सकिएन। यो सा“च्चै चिन्ताजनक अवस्था हो।’

अहिलेको परिस्थिति विषम र चुनौतीपूर्ण रहेको बताउ“दै अध्यक्ष दाहालले भने, ‘बाह्रबु“दे सहमति हुनुभन्दा पहिलेको परिस्थिति पनि यत्तिकै जटिल र चुनौतीपूर्ण थियो। उता, हामी सिलिगुडीदेखि रोल्पासम्मका बैठकहरुमा सहमतिका मुख्य आधारहरु खोज्दै थियौं भने यता संसदवादी र माओवादी मिल्नुहु“दैन, राजावादी र संसदवादी मिल्नुपर्छ भन्नेहरु बाह्रबु“दे सहमतिको विरोध गरिरहेका थिए। यसमा केही विदेशी कूटनीतिज्ञहरु पनि सक्रिय थिए।’
कुमार लामा र डेकेन्द्रका बारेका प्रसंगलाई उनले पूरै प्रायोजित दाबी गरे । संविधानसभामा दलहरुका बीच सहमति भएर पनि सत्यतथ्य निरुपण आयोग गठन हुन सकेन, ऐन बन्नेबेला संविधानसभा नै विघटन भयो, सरकारले अध्यादेशका रुपमा त्यसलाई राष्ट्रपतिकहा“ पठायो तर, त्यो त्यहीँ अड्किएको छ भन्दै दाहालले द्वन्द्वकालका मुद्दा अहिले उप्काइनुलाई सरल विषय मान्न नसकिने उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार