‘जे हेर्न आए पनि आइदिनुस्’

४ माघ २०६९, बिहीबार ०८:२३ मा प्रकाशित

यिनी हुन् जमुना जोशी । अध्ययन र सङ्गीत दुवैलाई एकसाथ अगाडि बढाइरहेकी जमुना लमजुङमा जन्मिएकी हुन् । पद्मकन्या कलेजबाट बीबीएस सकाएकी उनले गान्धर्व म्युजिक विद्यालयबाट पाँच वर्षको शास्त्रीय सङ्गीतको प्रशिक्षण पनि लिइसकेकी छिन् । निमन्त्रणा नामक एल्बम बजारमा ल्याएकी जमुना यतिबेला ‘माई ड्रिम’ नामक एल्बमको तयारीमा लागेकी छिन् ।
०    इन्दिरा जोशीलाई पछार्न जमुना जोशी आइन् भन्छन् नि, हो ?
–    यो कुरा गलत हो । कसैलाई पछार्न होइन, म त आफ्नो कर्म गरेर अगाडि बढ्न आएकी हु“ । अरूलाई पछार्न होइन, आफू अगाडि बढ्न आएकी हुँ ।
०    पहिलो एल्बम ‘निमन्त्रणा’मा कसलाई नियन्त्रणा गरेको नि ?
–    मैले श्रोताहरूलाई निमन्त्रणा गरेकी हुँ ।
०    निम्तो मानेर कतिजति आए त ?
–    चित्तबुझ्दो सङ्ख्यामै आए भन्नुपरयो ।
०    जमुनाको आवाजभन्दा त जमुना नै राम्री भन्छन् नि ?
–    त्यसो भनिदिनुभएकोमा धन्यवाद तर मेरो अनुहार होइन आवाजलाई मनपराइदिनुहोला । यो मेरो आग्रह नै हो ।
०    गायिकाको राम्रो अनुहारले उसको गायन क्षमतामा कत्तिको प्रभाव पार्छ होला ?
–    सुन्दर हुनु आफैँमा नराम्रो त होइन, तर पनि हाम्रो विधामा अनुहारले भन्दा पनि आवाजले स्थान पाउनुपर्छ जस्तो लाग्छ मलाई । आवाज नभई अनुहारको भरमा चल्न खोजे त्यो धेरै टिक्दैन ।
०    अब आउने एल्बम ‘माई ड्रिम’चाहिँ कस्तो ड्रिम हो नि ?
–    यो पनि मेरो एउटा विशेष सपना हो । गायन क्षेत्रमा लाग्ने र यसमा सफल हुने मेरो सपनालाई यो एल्बममा समेट्न खोजेकी छु ।
०    यति राम्री गायिकालाई विभिन्न आश्वासन दिएर फकाउनेहरू कत्तिको भेट्टियो नि ?
–    त्यसरी अगाडि आएर कसैले भन्न सकेका छैनन्, तर बाहिर–बाहिर कसैले सपना बुन्छ भने म के गरूँ ?
०    स्टेजमा त जमुनाको गीत सुन्न होइन अनुहार नै हेर्न आउँछन् रे श्रोताहरू, हो त ?
–    त्यो त मलाई थाहा भएन । जे हेर्न आए पनि मेरै लागि आइदिनुभएको छ, त्यसका लागि धन्यवाद ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री अलाया एफ सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय: आफ्ना हट र बोल्ड तस्वीरहरु फ्यानहरुसँग सेयर गर्छिन्। अहिले

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्