बाँदरलाई खेताला लगाएर कहाँ मकैको कुन्यु लाग्छ र ? :: केपी ओली

४ माघ २०६९, बिहीबार ०८:१५ मा प्रकाशित

० तपाईंहरूजस्ता अनुभवी नेताहरूले पनि राजनीतिक समस्याको भासबाट मुलुकलाई उतार्न सक्नुभएन नि, किन होला ?
– हो, यो कुरालाई आरोप मात्र ठानेर पन्छिन मिल्दैन हामीले । तर, निकास दिनै नसक्ने भइसकेका हौँ भन्ने पनि होइन, सकिन्छ । कुनैबेला राणाशासनविरुद्ध उत्रिनेहरूलाई ‘यस्तो राणाशासकहरूविरुद्ध तिमीहरूले के गर्न सक्छौ ?’ भनी प्रश्न गरिएका थिए, तर राणाशासन त फालियो नि उ पञ्चायती निरङ्कुशताबाट सजिलै मुक्ति पाइने सोचिएको थिएन, तर त्यसलाई पनि बिदा त गरियो नि उ त्यसकारण त्यत्रा–त्यत्रा जरा गाडेका शक्तिहरूको त अन्त्य गरियो भने माओवादीको अधिनायकवादी सत्तालिप्साबाट उन्मुक्ति पाउनै सकिन्न भनी ठान्नु सान्दर्भिक कुरा होइन । समय आएपछि सबै ठीक हुन्छ ।
० कसरी ठीक हुन्छ, समस्या समाधानका सूत्र तपाईंसँग के छन् त ?
– यो विषयलाई हल्का ढङ्गले लिएर हुँदैन । कुनै एक व्यक्तिले ‘यो छ सूत्र छ, लौ अजमाउ’ भनेर फ्याट्ट दिने र त्यसले काम गरिहाल्नेजस्तो कुरा होइन यो । गलत शक्तिहरूलाई परास्त गर्नका लागि हामीले लामो समयदेखि सङ्घर्ष गरिरहेका छौँ, गलत तत्व, गलत विचार र प्रवृत्तिहरूलाई पराजित गरेका छौँ, निरङ्कुश राणाशाही, पञ्चायत, राजतन्त्र हटाएका छौँ भने यो क्षणिक उग्रपन्थसँग तर्सनुपर्ने कुनै कारण छैन ।
० त्यही त, त्यत्रा–त्यत्रा शक्तिहरूलाई परास्त गरेका नेपालका दलहरूले प्रधानमन्त्रीको कुर्सीबाट बाबुराम भट्टराईलाई हटाउन त सकेनन्, महाभारत नै प¥यो ?
– त्यही त म भन्दै छु, कतिन्जेल बसिरहनुहोला त यो छीःछीः र दूरदूर भोगेर ? एउटा सिलसिला त चलिरहेको छ नि उ यो सिलसिलाले एउटा निकासको टुङ्गो भेट्छ भन्नेमा विश्वस्त बनौाँमी । ०६४ सालमा भएको संविधानसभाको निर्वाचनपछि संविधानसभाको जुन अनुपयुक्त बनावट आयो, त्यसकै गल्तीले आज यो समस्या आइपरेको हो । त्यतिबेलाको गल्तीले पार्टीहरूको वैधानिक हैसियत जस्तो बन्यो, संविधान बन्न नदिएको र संविधानसभालाई नै नामेट पार्ने काम त्यहीँबाट भएको हो, संविधानसभाको अनुपयुक्त बनावटका कारणले ।
० प्रधानमन्त्री बाबुराम भट्टराईको विकल्पमा तपाईंहरूसँग अब एजेण्डा के छ त ?
– बाबुराम भट्टराई हटेनन् भन्ने मात्र समस्या होइन । उहाँ त कामचलाउ प्रधानमन्त्री हो, हटिसक्नुभएको छ । हामी नयाँ प्रधानमन्त्रीका निम्ति सहमति जुटाएर नयाँ प्रधानमन्त्री सिफारिस गर्ने प्रयासमा छौँ । एउटा नाम हामीले सिफारिस गरिसकेका पनि हौँ । तर, यहाँ फरक उद्देश्य बोकेको शक्ति पनि छ भन्ने भुल्न भएन, र त्यो फरक उद्देश्य बोकेको शक्तिले प्रक्रिया बिथोल्ने कर्म गरिरहेको छ भन्ने पनि मनन गर्नुप¥यो ।
० तपाईंहरू त भन्ने गर्नुहुन्थ्यो बाबुराम भट्टराईलाई हटाउन कुनै गाह्रो छैन, हामी हटाइहाल्छौँ भनेर, तर यसो भन्दाभन्दै दिन त धेरै बितिसकेको छ नि ?
– मैले भने कि बाबुराम हटिसकेकै छन्, उनी ढलिसकेकै छन् । राष्ट्रपतिले ‘अर्को नभएसम्म काम चलाउँदै गर’ भनेर लेखेरै दिइसकेका हुन् नि ।
० त्यो त सात महिना भइसक्यो, उनले कहिलेसम्म यसरी नै कामचलाइरहने त ?
– यो देशमा माओवादी भन्ने तत्व छ भन्ने बुझ्नुभएन तपाईंहरूले ? माओवादी भन्ने तत्व रहेपछि उसले समस्याहरू खडा गरिरहन्छ भन्ने पनि बुझ्नुपर्छ क्या उ यो शक्ति नै मुलुक र जनतालाई अप्ठ्यारोमा पर्ने शक्ति हो भनेर बुझौँ न । हो, यही अप्ठ्यारोमा छौँ हामी अहिले ।
० कामचलाउ सरकारलाई हटाउने उपाय के हुनसक्ला ?
– दुईवटा उपाय हुनसक्छ । हामी अहिलेसम्म सहमतिका साथ हटाउने प्रयत्न गरिरहेका छौँ । यदि हाम्रो सदासयताका बाबजुद सहमति बन्न सक्दैन भने, देश यथास्थितिमा रहन नसक्ने वास्तविकतालाई ध्यानमा राख्दै फेरि पनि सहमतिका प्रयासलाई कायम राखेर हामी अन्य विकल्पको खोजी गर्छौं । तपाईं सात महिनाको कुरा गर्दै हुनुहुन्छ, हामीले लोकतन्त्र पायौँ भनेकै सात वर्ष गुज्रिसकेको छैन र ? संविधान निर्माणको अभ्यास गर्दागर्दै सात वर्ष अल्झिसकेका छौँ । यस तीतो यथार्थले हामीलाई सिकाएको छ कि माओवादीलाई अगुवा बनाएर संविधान पाउने विश्वास गर्नु नै हाम्रो भूल थियो । मैले त संविधानसभाको निर्वाचनलगत्तै यो कुरा भनेको थिएँ कि जस्तो प्रकारको संविधानसभाको बनावट छ, यसका आधारमा माओवादीकै कारण समयमा संविधान आउने छैन भनेर । संविधान नआउने अवश्यंभावी थियो भने अहिले के आश्चर्य मानिरहने ? बाँदरको खेताला लगाएर मकैको कुन्यु ठड्याउन सकिन्न भनेर कति मात्र भनिनँ मैले ? हामीले त माओवादीलाई सम्झाउने अधिकतम कोसिस ग¥यौँ, अधिकतम विकल्पहरू दियौँ, तर पनि माओवादी तयार भएन, देश र दुनियाँले त यो देखिरहेकै छ । यही अप्ठ्यारोबीच अब अन्य विकल्प पनि निस्कन्छ ।
० त्यो विकल्प निस्कने एउटा अनुमानित समय–सीमा त बताइदिनुहोस् न ?
– यसमा म फेरि के भन्न चाहन्छु भने, गाउँघरमा बहर गोरु दाउने मानिस हुन्छन् । सुरु–सुरुमा हलो र जुवा देख्नेबित्तिकै गोरु तर्केर बुर्कुसी मार्न खोज्छ, छेउमै आउन मान्दैन, बलजफ्ती नै गर्नुपर्ने हुन्छ । यसरी प्रयास गर्दागर्दा बिस्तारै–बिस्तारै नारिन्छ । हुँदा–हुँदा यस्तो अवस्था आउँछ कि पछि त जुवा देखाएपछि त्यो आफैँ नारिन आउन थाल्छ । माओवादी अहिले आएर काँध थाप्ला–थाप्लाजस्तो पनि गर्छ फेरि बुरुक्क उफ्रिएर टाउको बटार्दै भागेझैँ गर्छ, यस्तो बिन्दुमा आइपुगेको छ ।
० पूरै थामिएर काँध थाप्नचाहिँ कति समय लाग्ला त एमाओवादीलाई ?
– अझै समय लाग्लाजस्तो छ । तर, धेरै लाग्दैन अब, किनकि जुवा देख्दैमा तर्सेर भाग्न छोडिसकेको अवस्था छ । यसो हेरे टङ्चिने तर नभाग्ने अवस्थामा रहेकोले अब हलो–जुवा देखाउनेबित्तिकै आफैँ काँध थाप्न अग्रसर हुने स्थितिमा त हामी पु¥याइदिन्छौँ ।
० एक महिनाभित्र देशले नयाँ प्रधानमन्त्री पाउला त ?
– दिन नै त नतोकौ“, २५ दिन र ४५ दिनको बीचमा खासै ठूलो फरक हुँदैन एउटा देशका लागि ।
० यसको मतलब माओवादीको महाधिवेशनअघि देशले नयाँ प्रधानमन्त्री पाउँदैन भनेर बुझ्दा ठीक होला, होइन ?
– महाधिवेशन माओवादीले गर्छ भन्नेमा मलाई अहिलेसम्म त विश्वास लागेको छैन । अर्को पक्ष (वैद्य पक्ष)ले त गर्नैैपथ्र्यो र ग¥यो, मैले पनि गर्छ भन्दै आएको हुँ, तर प्रचण्डजीको पार्टी–महाधिवेशन होला भन्नेमा कमसेकम आजसम्म त मलाई पत्यार लागेको छैन ।
० तपाईंको विचारमा यतिबेला राष्ट्रपतिले गर्नुपर्ने के होला ?
– प्रभावकारिता राष्ट्रपतिले देखाउने होइन नि उ यो त दलहरूले देखाउनुपर्ने विषय हो । माओवादीलाई समेत लोकतान्त्रिक अभ्यासमा दाएर सँगै हिँडाउन हामी जो प्रयत्न गरिरहेका छौँ, यसमा खरो उत्रिनुपर्ने त हामीले नै हो । राष्ट्रपतिले गरिदिए हामी सजिलोसँग हिँडौँला भन्ने ठान्न मिल्दैन हामीले ।
० माओवादीलाई लोकतान्त्रिक शक्तिका रूपमा रूपान्तरण गर्न सक्नुहोला र तपाईंहरूले ?
– पहिले उनीहरू कुन अवस्थामा थिए, के गरेर हिँड्थे र आज कुन अवस्थामा छन्, देख्नुभएको छैन ? रूपान्तरण त यसैगरी हुने न हो । एकैचोटि त गाह्रै हुन्छ नि ।
० एकैचोटि सत्ता नै कब्जा गरिसके, तपाईंहरू लोकतान्त्रिक रूपान्तरणको कुरा गरिरहनुभएको छ ?
– २१औँ शताब्दीमा सत्ता कब्जा भएर यसरी चल्छ भन्ने कसैले सोच्छ भने त्यो ठूलो मूर्खता र भ्रम मात्र हो । ४२ वर्षअघि सत्ता कब्जा गर्नेहरू त बढारिनुप¥यो । उहिल्यै कब्जा गरेकाहरू समाप्तिको सङ्गारमा छन् भने अब कब्जा हुन्छ भन्ने कुरा बेकार हो । उहिलेका डेकेन्द्र थापा उत्खनन् हुँदै छन्, अब फेरि त्यस्तै घटना दोहो¥याउँछु भन्छ कसैले भने दुर्भाग्य हुन्छ तिनका लागि ।
० कब्जा भइसकेको होइन र, सारा संवैधानिक आयोगहरू खाली तुल्याइएको छ, न्यायालयमा न्यायाधीश छैन, कब्जाको अभ्यास यही हो भन्छन् विश्लेषकहरू, राजनीतिक सङ्कट त आयो नि मुलुकमा ?
– सङ्कट निम्त्याउनै अग्रसर भएकाहरूलाई अघि लगाएपछि सङ्कट त आइहाल्छ नि उ तर सत्ता कब्जा भनेको धेरै गहिरो कुरा हो जो यिनै माओवादीबाट सम्भव हुने देख्दिनँ म । नेपाली जनताको लोकतन्त्र र अधिकारप्रतिको चेतना यति माथि उठेको छ कि कसैले लाद्न खोजेको दासत्वको शासन जनताले निमेषभर पनि स्वीकार गर्न सक्दैनन् अब । माओवादीले लाद्न खोजेको त दासत्वयुक्त शासन नै हो, के जनताले त्यो सहजै स्वीकार गरेर बस्लान् भन्ने सोच्न सकिन्छ आजको परिवेशमा ? नेपाली समाजमा अब दासत्वमय अवस्था सम्भव छैन ।
० यति भन्दाभन्दै उनीहरू त्यही बाटोमा अग्रसर भए भने.. ?
– त्यसो गरे भने माओवादीको सर्वनाश हुन्छ । गर्ने कोसिस गरे मात्र पनि सर्वनाश हुन्छ । त्यसैले म सुझाउन चाहन्छु कि त्यो दुर्बुद्धि माओवादीलाई नआओस् । अहिलेसम्म त माओवादीलाई जोगाएर यहाँसम्म ल्याइएको छ, त्यसपछि त हामीले चाहेर पनि जोगाउन सक्नेछैनौँ तिनलाई ।
० प्रधानमन्त्री त तपाईंहरूले नै बनाएको हो नि माओवादीलाई, होइन र ?
– एउटा लोकतान्त्रिक अभ्यासभित्रबाट त्यो बनाइएको हो । दलीय दायराकै भित्र रहेर गरिएको कर्मलाई अन्यथा किन ठानिरहनु ?
० प्रधानमन्त्री बाबुराम भट्टराईले समस्या समाधानका लागि दुई दिनका लागि मात्र भए पनि मेरै नेतृत्वमा आइदिनुप¥यो भनेर भनेका छन्, त्यसो गर्दा कसो होला ?
– यस्ता केटाकेटी खेल माओवादी नै खेलिरहोस्, हामीलाई यस्तो सोख छैन । जाने भनेको के ? केका लागि जाने ? जुन प्रधानमन्त्रीले संसद् बचाउन सक्दैन, संविधानसभा बचाउन सक्दैन, आफैँले घोषणा गरेको चुनाव गराउन सक्दैन, राजनीतिक सङ्कट खडा गर्छ, संवैधानिक सङ्कट खडा गर्छ, मुलुकलाई रिक्तताको स्थितिमा पु¥याउँछ, बनेको सहमतिको सरकारलाई भताभुङ्ग पारेर तनाव र द्वन्द्वतर्फ देशलाई धकेल्छ, सात–सात महिनासम्म अकर्मण्यताको स्थितिमा रहेर गञ्जागोल खडा गर्छ, रिक्ततापछि रिक्तता जन्माउँछ, यस्ता व्यक्तिलाई प्रधानमन्त्री मानेर अरूले झुन्डिदिनुपर्ने ? अर्थात् जुन डाक्टरले उपचारको ‘उ’ नजानेर बिरामी मार्छ त्यही डाक्टर राम्रो, च्वाट्टै इन्जेक्सन दिएर ठीक पार्छ भन्दै उसैसँग उपचार खोज्न हिँड्नु मूर्खता हुँदैन ?
० पहिला त गएकै हो, किन गएको त त्यतिबेला ?
– कति अविश्वास मात्र गर्ने, हेरौँ न त केही राम्रो भइहाल्ला कि भनेर विश्वासमा गएको हो । तर, विश्वासको मजाक उडाउने काम भयो । त्यही भएर छोडियो ।
० अब एकचोटि फेरि विश्वास गरेर हेर्ने कि ?
– देशलाई सधैं यस्तै सङ्कटको भूमरीमा नचाइरहनुपर्छ भन्ने सोच हो तपाईंहरूको ? बाबुराम भट्टराईजस्ता नालायक व्यक्ति, जसले विनाशबाहेक राम्रो गर्न जान्दैजानेनन्, सकारात्मक एउटा काम गर्दैनन्, अनि त्यस्ता व्यक्तिको नेतृत्वमा किन जाने ?
० उहाँलाई सम्मान चाहियो अरे, सम्मानजनक बहिर्गमन चाहियो अरे ?
– सुन्दा पनि लाज लाग्छ यस्तो कुरा उ यति निर्लज्जताका साथ कुर्सीमा टाँस्सिने मान्छे, त्यो पनि कम्युनिस्टका नाममा, धत् उ यस्तालाई फेरि सम्मान चाहिने ? सम्मान अरूले दिने हो कि त्यो लायकको आफै बन्न खोज्ने हो ?
० भनेपछि एमाले यो सरकारमा जाँदैन ?
– बिलकुल सम्भावना छैन । बिलकुल जाँदैन । भो अब यस सम्बन्धमा कुरै नगरौ“ । केटाकेटी अभ्यास पटक–पटक दोहो¥याउने कुरै आउँदैन ।
० प्रचण्डले संविधानसभा पुनस्र्थापनको प्रस्ताव ल्याए नि फेरि, के भन्नुहुन्छ ?
– जुन संविधानसभाले दुई वर्षको कार्यकाल चार वर्षसम्म लम्ब्याएर पनि आफूलाई निकम्मा सावित ग¥यो, अब पनि त्यही असफल अभ्यासमा जाकिइरहने ? त्यही अनुपयुक्त बनावटको संसद् अब कुनै हालतमा सम्भव छैन । उनीहरू त्यस्तै एजेण्डा बोकेर जान्छन् भने गइरहून्, हिँडिरहून् । हिजो त के जाति नेपाल बनाउने, के–के गर्ने भन्थे, कहाँ गए तिनका ती एजेण्डा र अहिले संसद् ब्युँताउने कुरा गरेर हिँडिरहेका छन् ? होइन साँच्चै कहाँ गएछ त्यो ‘प्रचण्डपथ’ ? त्यसैले कहिले के भन्छन् कहिले के, अब प्रचण्डजीले जे भन्यो त्यसैमा हामीले हिँड्नुपर्ने सवाल नै आउँदैन । संविधानसभा पुनस्र्थापन हुन सक्दैन । नेपाली जनता मूर्ख छैनन् जे–जे प्रचण्डलाई लहड चल्छ त्यसैमा बहकिँदै हिँड्नलाई ।
० अबको निकासचाहिँ के त सहमतिका लागि ?
– आमसहमतिको सरकार बनाएर अघि बढ्ने, त्यसका लागि प्रयत्नशील रहने । अरू के गर्ने र उ
० आमसहमतिको सरकार बन्न नसके ?
– सहमति अत्यावश्यक छ, त्यस दिशामा अघि बढ्न यदि कोही दल तयार हुँदैन भने लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित भएर अग्रगामी निकास दिनका लागि प्रयासोन्मुख रहँदै सहमतिमा आउने दलहरूबीचबाट सरकार बनाएर अघि बढ्नुपर्छ ।
० एमाओवादीलाई बाहिर राखेर सरकार बन्न सक्ला त ?
– मैले को बाहिर राख्ने र कसलाई नराख्ने भनेको छैन । प्रचण्डजीहरू आउनुभएन भने उहाँको असहमति रहला, तर सहमतिमा पुग्नेजति त अघि बढ्दै गर्नुप¥यो नि उ उहाँहरूलाई पछि सहमत गराउन सकिएला ।
० माओवादीबिनाको राष्ट्रिय सहमतिको सरकार सम्भव छ र भनेको ?
– त्यतिबेला राष्ट्रिय सहमतिको भन्ने नभई राजनीतिक सहमतिको सरकार हुन्छ । उक्त सरकारद्वारा पूर्ण सहमतितिर लम्कने प्रयास जारी रहन्छ । मान्दैनमानेपछि के गर्नु त ?
० अहिले राष्ट्रपतिले चालिरहेको कदम या प्रयासलाई कसरी टुङ्ग्याउने त ?
– दलहरूको सिफारिसमा एक उपाय दिएर टुङ्ग्याउन सकिन्छ । त्यो भनेको छलफल र सहमतिको निष्कर्षबाट मात्र सम्भव छ ।
० तपाईंले भनेको अवस्थामा प्रधानमन्त्रीचाहिँ को नि ?
– त्यो मैले भन्ने कुरा होइन, दलहरूबीचको सहमतिबाट मात्र त्यो तय हुन्छ ।
० काङ्ग्रेस सभापति सुशील कोइरालाको नाममा सहमति हुन सक्छ कि सक्दैन अब ?
– सबैले माने सहमति हुन्छ नमाने हुँदैन । जसको नाममा मान्यो उसैको नाम तय हुने न हो । केहीले यतिबेला बकवास गरेका छन् कि सुशील कोइराला भनेका लोकतन्त्रविरोधी व्यक्ति भनेर । बिनाआधार यसरी बकवास गर्नेहरू छन् भने ठ्याक्कै यसका नाममा सहमति होला भनेर भन्न सकिने अवस्था नै रहेन । मैले आजसम्म सुशील कोइरालाले लोकतन्त्रको विरोध गरेको सुनेको छैन, उनको पार्टीले सङ्घीयताको विरोध गरेको पनि सुनेको छैन, तर गर्नेले मनगढन्ते बकवास त गरिरहेकै छन् । एक–दुईजना मन्त्री हौँ भन्नेहरूको भाषण पनि सुनेको छु मैले, एमाले र काङ्ग्रेसले सङ्घीयता नमानेको हुनाले संविधान बनेन अरे । यस्ता बकवास गर्नेहरू भएका ठाउँमा कसको नाममा सहमति हुन्छ कसकोमा हुँदैन भनी यतिबेला किटेर भन्न गाह्रै हुन्छ । अस्ति भदौतिर पलाएका च्याउहरूका कुरामा म धेरै जान त चाहन्नँ, तर ती च्याउहरूले सबै आकाश, असिना, पानी थाम्छु भनेर कुर्लेको देख्दा हाँसो पनि उठ्छ । पानीको थोपो पर्दा प्याट्ट फुट्ने च्याउले सारा धानेका छौँ, धान्छौँ भनेको सुनिनु त दुर्लभ जोक नै भयो नि ।
० एमालेको अडान के त यतिबेला ?
– एमालेको अडान शान्ति, लोकतन्त्र, सम्पन्न समाज, राष्ट्रिय एकता र समृद्धिको बाटो हो ।
० सुशील कोइरालाको उम्मेदवारीप्रति दर्शाइएको अडान परिवर्तन गर्छ कि गर्दैन एमालेले ?
– किन गर्ने ? सुशील कोइरालामा के खोट देखियो र अहिले ? काङ्ग्रेसका सभापित सुशील कोइरालाको उम्मेदवारी हिजो किन ठीक अनि यसबीच के भयो र बेठीक हुने ? हामी विकल्पमा जान तयार हुँदै हुन्नौँ भन्न खोजेको पनि होइन मैले । तर, जसलाई उम्मेदवार बनाइएको छ ऊ किन भएन भन्ने कुराको तर्कपूर्ण र चित्तबुझ्दो जवाफ आउनुपर्छ पहिले । भोलि अर्कोलाई मान्नुपर्दा काङ्ग्रेसले पनि त कारण खोज्ला नि । फलानो किन हुने फलानोचाहिँ किन नहुने भन्ने कुराको कारण चाहिँदैन र ? हो, यो प्रश्नमा छलफल भइरहेको अवस्था हो अहिले ।
० प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीको प्रतिनिधित्व गर्ने भएकोले काङ्ग्रेसको नेतृत्व अस्वीकार गर्ने तर्क पनि गरेका छन् एमाओवादी नेताहरूले ?
– यही त अर्घेल्याइँ र बद्नियतको प्रमाण हो उसको । पहिलो कुरा त राष्ट्रपतिको पृष्ठभूमि जुन राजनीतिक दलसँगको भए पनि अहिले उनी सिङ्गो देशका राष्ट्रपति हुन्, कुनै दलविशेषको पेवा बनाइदिने दुष्प्रयास कतैबाट हुन भएन । अर्को प्रश्न, हिजो नेपाली काङ्ग्रेस वा सुशील कोइरालाको नाम प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गर्दा उनी नेपाली काङ्ग्रेस भन्ने दलका सभापति हुन् भन्ने थाहा थिएन एमाओवादीका नेताहरूलाई ? कि उम्मेदवार बनाएपछि सुशील कोइराला काङ्ग्रेसी बनेका हुन् ? यस्तो कुतर्क पनि गर्ने ? यो भँडुवा चाल मात्र हो ।
० काङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने कुरामा विगतमा एमाओवादीले पनि समर्थन जनाएकै हो त ?
– नेपाली काङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार बनाऊँ भनेर हामीलाई बोल्नै नदिई प्रस्ताव राखेको एमाओवादीले हो । ‘सुशीलजी अब तयार हुनुस्’ भनेर पटक–पटक चिच्याएको अस्ति मात्र होइन प्रचण्डहरूले ? वैशाख २१ गतेको सम्झौतामा आगामी सरकारको नेतृत्व काङ्ग्रेसले गर्छ भन्ने यिनै बाबुराम र एमाओवादी नेतृत्व नै हो । बाबुरामले त यतिसम्म भन्ने गरेका हुन् कि ‘यो देशमा दुईवटा मात्र शक्ति छ– एउटा माओवादी र अर्को नेपाली काङ्ग्रेस, एमाले भन्ने त बीचमा त्यत्तिकै टुपुल्किएको स्वपहिचान नै नभएको दल हो ।’ यस्तो अभिव्यक्ति दिने बाबुरामलाई अहिले के
भयो र काङ्ग्रेसलाई दिँदैदिइन्न भन्न थालेका छन् ? हामीले त काङ्ग्रेसलाई दिएको समर्थनमा अडान लिइरहेकै छौँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको