बुद्धसँग सम्बन्धित तीर्थस्थलको भारतीय पक्षबाट एकीकृत टूर प्याकेजको प्रस्ताव

४ माघ २०६९, बिहीबार ०७:५३ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, ४ माघ । भारतमा रहेका बुद्धसँग सम्वन्धित पवित्र तीर्थस्थलसहित लुम्बिनी र तिलौराकोटलाई समेटेर टुर प्याकेज बनाउन भारतीय पर्यटन ब्यवसायीहरु सहमत भएका छन् । त्यसका लागि लुम्विनी र तिलौराकोटमा आवश्यक पूर्वाधारहरुको निर्माण गर्न उनीहरुले नेपाल सरकारलाई आग्रह समेत गरेका छन् ।
बुद्धजन्मस्थल लुम्विनीका सम्वन्धमा भारतीय पर्यटन ब्यवसायीहरु स्पष्ट रहेको बताउँदै उनीहरुले भारत नगई सिधै लुम्बिनी आउने पर्यटकहरुलाई भारतका पवित्र स्थलहरुमा पु¥याउन नेपाली ब्यवसायीले पनि सहयोग गर्नुपर्ने प्रस्ताव अघिसारेका हुन् ।
लुम्विनीमा भएको नेपाल–भारत टुरिजम मार्ट (पर्यटन सम्मेलन)मा सहभागी भएका नेपाल र भारतका सरकारी प्रतिनिधि एवम् ब्यवसायीहरुले बुद्धसँग सम्वन्धित नेपाल र भारतका पाँचवटै पवित्र स्थलहरुको एकीकृत विकास गरि पर्यटन विस्तार गर्न सकिने विषयमा दुवै देशका सरकारबीच छलफल चलाउन माग गरे ।
सम्मेलनमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गदै पर्यटनविद प्रचण्डमान श्रेष्ठले भारतीय पर्यटन ब्यवसायीले सारनाथ, कुशीनगर र बोधगया पुग्ने पर्यटकहरुलाई लुम्विनी र तिलौराकोटसम्म ल्याउन टुर प्याकेज बनाउनुपर्नेमा जोड दिए । उनले दुवै देशका टुरगाइडहरुलाई प्रभावकारी तालिम चलाउने, नेपाल र भारतका सिमाक्षेत्रहरुलाई पर्यटनमैत्री बनाउने विषयमा दुवै मुलुकका सरकारहरु गम्भीर बन्नुपर्ने धारणा राखे । अर्का पर्यटनवीद वसन्तराज मिश्रले बुद्धसँग सम्वन्धित सवै तीर्थस्थलहरुको उत्तिकै महत्व रहेको भन्दै लुम्विनीको विकास गर्दा बुद्धले २९ वर्ष बिताएको तिलौराकोटलाई बिर्सन नहुने धारणा राखे ।
कार्यक्रममा भारतका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै भारतीय पर्यटन मन्त्रालयका डेपुटी सेक्रेटरी हेमा उस्मानले बुद्धको जन्मस्थल लुम्विनीका विषयमा भारतीय सरकारी अधिकारीहरुमा कुनै भ्रम नरहेको भन्दै निश्चिन्त हुन नेपाली अधिकारीहरुलाई आग्रह गरे । उनले बुद्ध जन्मस्थल लुम्विनी र तिलौराकोटमा बास बस्ने पूर्वाधारहरुको अभाव रहेका कारण यहाँ पर्यटकले रात बिताउन नचाहेको बताए । उत्तर प्रदेशका पर्यटन प्रमुख मनोज के सिंहले दुवै मुलुकको भाषा, संस्कृति र भेषभुषा मिल्दोजुल्दो रहेका कारण पाँचवटै पवित्र क्षेत्रहरुमा एकीकृत पर्यटन प्रवद्र्धधनका कार्यक्रम  तय गर्नुपर्ने बताए ।

नेपाल–भारत टुरिजम मार्टको गत मंगलबार पर्यटनमन्त्री पोष्टबहादुर बोगटी  र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले संयुक्त उद्घाटन गरेका थिए ।
लुम्बिनीमाथि अध्ययन–अनुसन्धान गर्दै आएका एक अध्यताले यसरी भारतीय पक्षबाट बुद्धसम्बन्धी स्थलहरुको एकीकृत पर्यटन विकासको अवधारणा आउनुलाई विशेष अर्थमा बुझ्न र सतर्कताकासाथ निर्णयहरु लिनुपर्ने बताएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार