महायज्ञका नाममा दुई हजारलाई आजीवन सदस्यता दिइँदै

४ माघ २०६९, बिहीबार ०७:२२ मा प्रकाशित

रुपन्देही, ४ माघ । रुपन्देहीको आनन्दबन मणिग्रामस्थित सरस्वतीमन्दिर बैदिकाश्रममा सञ्चालन गर्न लागिएको महायज्ञमा दुई हजार जनालाई आजिवन सदस्यता प्रदान गरिने योजना अगाडि सारिएको छ ।
११ हजार १ सय ११ रुपैयाँ दान गर्ने दानबिरलाई मन्दिर व्यबस्थापन समितिले आजिवन सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । सो मन्दिर पुनःनिर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले यहि माघको २२ गते देखि ४६ औं महायज्ञ आयोजना गर्दैछ ।
जिल्लाकै इतिहासमा पुरानो मानिने सो मन्दिरमा स्थापनाकालदेखि नै महायज्ञ हुँदै आएको छ । करिव २ हजार स्क्वायर फूटको सरस्वती मन्दिर र प्रवचन हल निर्माण गर्नका लागि अर्थ संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सो महायज्ञमा २ हजार जनालाई आजिवन सदस्यता प्रदान गर्दा २ करोड २२ लाख बढी आर्थिक संकलन हुने र यज्ञबाट समेत ठूलै धनराशी संकलन गरी सो मन्दिर पुनःनिर्माण गरिने मन्दिर व्यबस्थापन समितीका अध्यक्ष प्रेमनारायण देवकोटाले बताउनु भयो ।
आगामी माघको २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागिएको ४६ औं श्रीमद् भागवत धनधान्याञ्चल ज्ञानमहायज्ञ सम्पन्न गर्नका लागि नारायण वञ्जाडेको संयोजकत्वमा मुल समिती गठन गरिएको छ । त्यस्तै बिभिन्न शिर्षकमाउपसमितीहरु गठन गरी तयारीका कामलाई तिब्रता दिईएको संयोजक बञ्जाडेले बताउनुभयो ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार