मदरसाका विषयमा भारतले चासो दर्शाउनु गम्भीर विषय

४ माघ २०६९, बिहीबार ०७:१४ मा प्रकाशित

काठमाडौं, ४ माघ । नेपालमा मुस्लिम गतिविधिमाथि प्रत्यक्षभन्दा परोक्ष रुपमा अत्यन्त गहिरो चासो र नजर राख्दैआएको छिमेकी भारतले सीमावर्ती क्षेत्रहरुमा मदरसाको संख्या  बढेको भन्दै चिन्ता दर्शाएको छ ।  सीमा व्यवस्थापनसम्बन्धी सहसचिवस्तय द्धिपक्षीय संयन्त्रको बुधवार नयां दिल्लीमा बसेको बैठकमा भारतीय पक्षले त्यस्तो चिन्ता जाहेर गरेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतसंग सीमा जोडिएका नेपालका भागहरुमा मदरसाको संख्यामा बढोत्तरी भएको दाबी गर्दै सञ्चारकर्मीसँग एक भारतीय कर्मचारीले त्यसबारे नेपाली पक्षले ख्याल गर्नुपर्ने अन्यथा त्यसले पछि नेपाललाई समेत समस्यामा पाने दाबी गरे । मदरसाहरुलाई अतिवादी धार्मिक तत्वहरुले भारतविरोधी गतिविधिका लागि दुरुपयोग गर्न सक्ने चिन्ता भारतीय पक्षको रहेको बैठकका सहभागी एक नेपाली अधिकाले बताए । मदरसा सञ्चालनका लागि स्रोत कहांबाट आइरहेको छ अनि कस सञ्चालन भइरहेको छ भन्ने ध्यान दिन भारतीय पक्षको विशेष आग्रह देखिन्छ ।
नेपालभित्रका कुनै पनि चल्तापुर्जा मुस्लिमका गतिविधि नियाल्नु र शंका लागेकालाई विभिन्न उपाय वा माध्यममार्फत तिनलाई पन्छाउने सन्दर्भमा भारतले उहिल्यैदेखि विशेष पहलकदमी लिनेगरेको परिप्रेक्ष्यमा मदरसा बढेको भनी यतिबेला पुनः भारतले दर्शाएको चासो गम्भीर प्रकृतिको रहेको विश्लेषण गरिएको छ ।
बैठकमा सीमासम्बन्धी अन्य द्धिपक्षीय नियमित विषयहरु उठेका थिए । सीमा वारपार अपराध नियन्त्रणका लागि दुवै पक्षले सहकार्य बढाउने, सूचना आदानप्रदान वृद्धि गर्ने जस्ता विषयमा बैठकमा सहमति भएको अधिकाहरुले बताए । सीमा स्तम्भहरु मर्मत सम्भारको विषयले पनि बैठकमा प्रवेश पाएको थियो । दुवै पक्षले सीमा स्तम्भ हराएको तथा सीमा मिचिएको घटनामा एकअर्कालाई दोष दिदैं आउने गरेका छन् ।
भारतीय पक्षले जाली नोट कारोवार मुद्दा पनि उठाएको थियो । नेपाली पक्षले कब्जामा लिएका भारतीय जाली नोटका नमूना अनुसन्धानका लागि आफूहरुलाई पनि उपलब्ध गराउन भारतीय अधिकाहरुले अनुरोध गरेको स्रोतले बतायो । एउटाको भूमिमा अपराध गरी सीमा पारि गई लुक्नेलाई पक्रने प्रक्रियामा एकअर्कालाई सहयोग गर्ने पक्षमा दुवै देशका अधिकाहरु सहमत भएका छन् । नेपाली पक्षले सीमामा नेपालीहरु भोग्नुपरेका समस्याबारे पनि भारतीय अधिकाहरुको ध्यानाकर्षण गराएको थियो ।
बैठकमा नेपाल तर्फबाट गृह मन्त्रालयका सहसचिव शंकर कोइराला नेत्तृत्वको १३ सदस्यीय टोली सहभागी थियो । भारतीय पक्षबाट भने गृहमन्त्रालयको सीमा व्यवस्थापनसम्बन्धी सहसचिव राकेश सिंह नेत्तृत्वको टोलीले भाग लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार