नयाँ लागुहुने हेल्थ केयर नीतिले रोजगारीमा पार्ने असर

४ माघ २०६९, बिहीबार ०२:४८ मा प्रकाशित

दुर्गा प्रसाद ढुंगाना, ओर्लान्डो फ्लोरिडा । संयुक्त राज्य अमेरिकामा सन २०१४ देखि लागु हुने ओबामाको नयाँ हेल्थ केयर नितिले यहाँको रोजगारीमा प्रत्यक्ष असर पुग्ने देखिएको छ। सबै अमेरिकी नागरिकलाई उचित हेल्थ केयर पुर्याउने सो निती अन्तर्गत नागरिकले अनिवार्य रुपमा स्वास्थ्य बिमा (Health insurance) खरिद गर्नु पर्ने भएको छ भने रोजगारदाता कम्पनी जस्ले ५० जना कामदारको हाराहारिमा रोजगार प्रदान गरेको छ उसले अनिवार्य रुपमा फुलटाइमर कामदारलाई स्वास्थ्य बिमा गर्नुपर्ने हुन्छ अन्यथा कानुन अनुसार सजायको भागीदार हुनुपर्नेछ।

नयाँ कानुन अनुसार हेल्थ इन्सुरेन्स कम्पनीहरुले पनि उनिहरुले लिएको शुल्कको ८०% रकम हेल्थ केयरमा खर्च गर्नु पर्ने हुन्छ। कार्यन्वयनमा आएपछि बढी मात्रामा रिटेल, होटेल तथा रेस्टुरेन्ट जस्ता उद्योगहरुको रोजगारीमा प्रभाव पर्ने छ। हेल्थ नितिमा हुने परिवर्तनसँगै बिभिन्न रोजगारदाता कम्पनिहरुले आफ्नो कर्मचारी भर्ना नितिमा अहिले २०१३ बाट नै परिवर्तन गर्न शुरु गर्ने भएका छन। धेरै जसो कम्पनिहरुले फुलटाइम कामदारको सट्टा पार्ट टाइम कामदार बढी नियुक्ती गर्ने तथा कतिपय कम्पनिहरुले नयाँ कामदार नियुक्ती भन्दा पुराना कामदारलाई नै ओभरटाइम काम दिने मन शायमा रहेको अध्ययनले देखाइसकेको छ। रोजगारदाता कम्पनिले जस्तोसुकै नितीलिएपनी उनिहरुले कामदारमा गरिने लगानी न्युनि करण गर्ने हुनाले रोजगारिको सिर्जनामा समेत असर पुग्ने देखिन्छ।

यसका साथै अर्को तर्फ कम्पनिहरुले आफ्ना कामदारको हेल्थ इन्सुरेन्स कभर गर्नु पर्ने हुनाले उनिहरुको श्रमिक खर्च बढन जान्छ जसलेगर्दा उत्पादन हुने वस्तु तथा सेवाको लागत बढन गइ अन्तत बजारमा वस्तु तथा सेवाको मुल्य पनि बढने हुन्छ। परिवर्तन हुने स्वास्थ्य नितिको असरबाट नेपाली समुदाय पनि अछुतो रहने छैन। हाल सम्म केही मात्रामा बाहेक अधिकाम्श नेपालीको रोगगारिको पहुँच बेनिफिट प्रदान गर्ने ठुला कम्पनिहरुमा पुग्नसकि रहेको छैन। बढीमात्रामा नेपालीहरु स-साना कम्पनी तथा साना व्यवसायहरुमा रोजगारी गरेको पाईन्छ ति मध्ये पनि हेल्थ इन्सुरेन्स कभरेज भएका नेपाली कामदारहरु ज्यादै कम छन।

प्राय नेपालीहरु स-साना उत्पादन कम्पनी, बिभिन्न रिटेल कम्पनी, कन्भिनियन्सस्टोर, होटल तथा रेस्टुरेन्टमा कार्यरत छन भने कतिपय नेपालीहरु आफ्नै साना व्यवसाय गरिरहेका छन यध्धपी उनिहरुले पनि हेल्थ इन्सुरेन्स अफोर्ट गर्न भने सकिरहेको देखिदैन। साथै साना कम्पनिहरुलाई आउँदै गरेको ओबामाको नयाँ नितिले हेल्थ इन्सुरेन्सको लागि वाध्य बनाउने पनि देखिदैन।

एकातिर नागरिकको दैनिक उपभोग्य तथा आवासिय खर्च बढी रहेको छ भने अर्कोतिर हेल्थ इन्सुरेन्सको कारणले रोजगारिमा पनि उताव चडाव आउने देखिन्छ। यदी नयाँ रोजगारिको सिर्जना नहुने हो भने बेरोजगारी दरझन बढेरजाने देखिन्छ। आर्थिक मन्दिलेध्वस्त भएको अमेरिकाको अर्थ तन्त्रमा ब्यापक सुधार हुननसक्नु, पेट्रोलियम पदार्थको लगातार मुल्य बढ्नु, दैनिक उपभोग्यबस्तुसाथै आवासको मुल्य बढेको तुलनामा नागरिकको आम्दानी पनि सोही अनुपातमान बढ्नाले कम आय हुने नागरिकको वर्तमान अवस्थामा जीवनया पन सहजदेखिदैन।

यसै क्रममा ओर्ल्यान्डो फ्लोरिडाको पर्यटन उद्योग सम्बन्धी कम्पनिमा कार्यरत एकजनाकर्मचारीले हरेक वर्ष कम्पनि लेउनको payroll मा ३% ले increase गरेतापनि कर तथा increase on cost of living को कारणले उनले ३ वर्ष अगाडि कमाउने जति रकम अहिले कमाउन नसकिरहेको बताए। तसर्थ रोजगारीसँग चलायमान USA को अर्थतन्त्रमा ओबामाको नयाँ स्वास्थ्य केयर सम्बन्धी नितिले रोजगारिमा पार्ने प्रभावको विभिन्न अनुमान काटिए पनि अर्थतन्त्रमा कस्तो परिवर्तन ल्याउने हो त्यो हेर्न भने सन२०१४ नै पर्खनु पर्नेहुन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको