तेह्रौं कोठे गोष्ठी मेरिल्याण्डमा सम्पन्न

४ माघ २०६९, बिहीबार ०२:४७ मा प्रकाशित

मेरिल्याण्ड । सन् २०१० डिसेम्बर देखि प्रत्येक दुई दुई महिनामा भैरहेको कोठी गोष्ठीको तेह्रौं शृंखला यही जनवरी १२, २०१३ का दिन मेरिल्याण्ड स्थित सदस्य शरद निरौलाको घरमा सम्पन्न भयो ।

सो गोष्ठीमा सदस्य शरद निरौलाबाट पहिलो चरणको कविता वाचन आरम्भ गरिएको थियो भने क्रमशः सिता पाण्डे, गोपाल रेग्मी, मोहन जोशी, रजनी श्रेष्ठ, सुदिपभद्र खनाल, बासु श्रेष्ठ, हरी घिमिरे, प्रकाश नेपाल, कपिल सिटौला, होमनाथ सुबेदी तथा रविन्द्र श्रेष्ठबाट आ-आफ्ना नयाँ कविता वाचन गरिएको थियो।

प्रचलन अनुसार प्रत्येक कविता वाचनपछि समिक्षा, टिका टिप्पणीपनि गरिएको थियो । केहि छिनको विश्रामपछि दोश्रो चरणको कविता वाचनमा पहिले कै क्रममा वाचन गरिएपनि समिक्षा भने गरिएको थिएन ।

सोहि अवसरमा साहित्यकार, कवियत्री सिता पाण्डे तथा रजनी श्रेष्ठलाई सदस्यको रुपमा गोष्ठीमा आमन्त्रण गरिएको बासु श्रेष्ठद्वारा प्रस्तावित प्रस्तावमा सबैले समर्थन जनाएका थिए भने दुवै आमन्त्रितहरुले सदस्यता स्विकार गरेका थिए ।

यस गोष्ठीमा सदस्य गोविन्द गिरि प्रेरणाको अनुपस्थित रहेता पनि चौधौं गोष्ठी फेब्रुअरी महिनामा निजको मनासस स्थित घरमा हुने जानकारी प्रेरणाको तर्फबाट सदस्य बासु श्रेष्ठले दिए ।

चमेना तथा मीठा खाना सहित न्यानो आथित्य प्रदान गर्नु भएकोमा सदस्य शरद निरौला तथा श्रीमती मञ्जु निरौलालाई सबैले प्रशंसा तथा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार