अनाथ बालबालिकाको नाममा धन्दा गर्नेले बिदेशी डोनर धम्क्याए

३ माघ २०६९, बुधबार १९:४९ मा प्रकाशित

काठमाडौं, ३ माघ । टुहुरा बालबालिकाको संरक्षण गर्ने नाममा ललितपुरको धापाखेलमा खुलेको ह्याप्पि होम ईन्टरनेशनल स्कुलका सञ्चालकहरुले विदेशी डोनरलाई धम्क्याउन थालेपछि स्लोभाकियाका तीन नागरिकसहित सो स्कुलका शिक्षक असुरक्षित बनेका छन् । स्कुलका सञ्चालक विश्वप्रताप आचार्य र पुजा पोख्रेलले स्कुलका नाममा खोलेको एक वेभसाईडमा राखिएको ७० जना बालबालिका टुहुरा रहेकोले आफूहरुले उद्दार गरेर संरक्षण गरेको सहितको कथा हेरेर एक बालबालिका बराबर मासिक ६० यूरो डलरकोस्लोभाकियाका जुजना, मार्टिन र ईभाले सहयोग गर्दै आएका थिए ।
आफूले संरक्षण गरेका बालबालिकालाई हेर्न नेपाल आएका उनीहरुले यहाँ आएपछि वेभसाइडको कथा र वास्तविकतामा फरक पाएपछि सो विषयमा असन्तुष्टि प्रकट गरेका थिए । त्यसपछि सो स्कुलको यथार्थ बताउने शिक्षक किशोर कुँवर र विदेशी डोनर सञ्चालकहरुको गुण्डागर्दीपछि असुरक्षित बनेका हुन् ।
स्कुलमा आश्रय लिइरहेका बालबालिका, डोनर र शिक्षकहरुले राजधानीमा पत्रकार सम्मेलन गरेर अनाथको नाममा बाबुआमा भएका बालबालिकालाई ललाई फकाई राखेर मोटो रकम असुलेको र अहिले आए अपरहण गर्ने र वेपत्ता बनाउने सम्मका धम्कि दिएको गुनासो पोखे ।
उनीहरुका अनुसार निशुल्क पठाई दिने लोभमा आमाबाबुलाई फकाएर स्कुलमा ल्याईएका बालबालिकाहरुलाई सञ्चालकद्धयले कुट्ने पिट्ने, बालश्रममा लगाउन, खाना पकाउन, लुगाधुन लगाउने सम्मका काम गराई यातान दिने गरेका थिए ।
डोनर स्लोभाकियाका नागरिकहरुले आफूहरुको सहयोगको दुरुपयोग भएको भन्दै स्कुलमा बाबुआम हुँदा हुँदै पनि राखेका ६५ जना लाई अविभावककै जिम्मा लगाउने र बाँकी टुहुरा ५ जनालाई विश्वासिलो बालगृहको जिम्मा लगाउने तयारी गरे पनि आफूहरुलाई अपहरणको कोशिश सहित धम्क्याउने गरेको डोनर जुजना र शिक्षक कुँवरले दावीगरे ।
सञ्चालकको दादागिरी विरुद्ध उनीहरुले जिल्ला प्रहरी कार्यालय ललितपुर, पर्यटक प्रहरी भृकुटी मण्डप र केन्द्रीय बालकल्याण समितिमा उजुरी गरे पनि उनीहरुले सञ्चालकहरुलाई नै संरक्षण गरिरहेको मार्टिनले गुनासो गरे ।
पत्रकार सम्मेलनमा बौद्ध बस्ने आम सहित उपस्थित भएकी सोही स्कुलमा बस्ने छोईसाङ तामाङले आफूहरुलाई फकाएर स्कुलमा ल्याएर याताना दिएको सुनाईन । उनले आफूले बारम्बार आमाबाबासँग जान्छु भन्दा पनि नदिएको बताईन ।
रौतहट घर भई हाल बौद्ध बस्ने आमासहित उपस्थित भएका मजबुल्ला खानले पनि आफूहरुलाई गाह्रो गाह्रो काम गर्न लगाएको र यतान दिएको सुनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार