प्रवेश परीक्षा रोक्न माग

३ माघ २०६९, बुधबार १९:४० मा प्रकाशित

काठमाडौं, ३ माघ । चितवनका राजनीतिक दलका नेता, नागरिक समाज र सरोकारवालाहरुले आगामी माघ ५ गते राजधानीमा हुन लागेको कृषि तथा वन विज्ञान अध्ययनको प्रवेश परीक्षा रोक्न माग गरेका छन् । त्रिभुवन विश्वविद्यालयले रामपुर क्याम्पस, रामपुर चितवनको स्वामित्वमा रहेको चलअचल सम्पत्ति कृषि तथा वन विश्वविद्यालयलाई  हस्तान्तरण नगरी त्रि.वि.ले मनोमानी गर्न लागेकोले परिक्षा रोक्नु परेको उनीहरुको तर्क छ ।
यसअघि सोही प्रवेश परीक्षा चितवनमा हुने तय भएकोमा विरोधपछि स्थगित गरिएको थियो ।
त्रि.वि. केन्द्रीय प्रशासन र सम्बन्धित निकायले रामपुर क्याम्पसलाई हस्तान्तरण गर्नुपर्ने चल अचल सम्पत्ति हस्तान्तरण गर्न देखाएको ढिलासुस्ती र गैर जिम्मेवारी पूर्वक अस्वभाविक रवैयाप्रति चितवनका राजनीतिक पार्टीहरु, नागरिक समाज, उद्योगपति, व्यवसायीहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ज्ञापन पत्रसहित ध्यानाकर्षण गराइसकेका छन् ।
उनीहरुले कृषि विश्वविद्यालयलाई सम्पत्ति हस्तान्तरण गरेर मात्रै परीक्षा संचालन गर्न भनेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नागरिक समाजका अध्यक्ष वेलबहादुर गुरुङले त्रि.वि. प्रशानसनका दुईचार जना कर्मचारीले मुलुककै पहिलो कृषि तथा वन विश्वविद्यालयलाई धरासायी बनाएको आरोप लगाए ।
कृषि वन विश्वविद्यालयका स्थापनार्थ दवाव समूह, चितवनका प्रतिनिधि कृष्ण अधिकारीले भने– प्रधानमन्त्रीले निर्देशन दिँदा पनि त्रि.विका केही कर्मचारीहरुले अठेर गरी विद्यार्थीहरुको भविश्य अन्यौलमा पारेको छ । अनेरास्ववियु क्रान्तिकारी, चितवन अध्यक्ष दिपेन्द्र वस्तीले त्रि.वि. तत्कालै कृषि क्याम्पसको सम्पत्ति हस्तान्तरण नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने